Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

यसकारण पछाडि हट्यो भारत : वीरगंज बाहेक सबै नाका खुल्यो

\"nepal_india_flag\"काठमाडौं। नेपालमा प्रधानमन्त्री निर्बाचनको परिणाम सँगै नाकाबन्दी खुकुलो बनाउँदै आएको भारतीय नाकाबन्दी मंगलबारसम्म आईपुग्दा वीरगंजको १ नाका बाहेकका सबै नाका खुलेको छ  ।

प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली निबार्चित भएसँगै यसअघि झै सबैभन्दा पहिला बधाई दिएको भारतले नाकाबन्दी खुलाउन लागेको संकेतस्वरुप बधाई दिएको अनुमान गरिएको थियो । आधा महिनाभन्दा लामो समय अघोषित नाकाबन्द्यी गरेको भारतलाई नाकाबन्दी खुलाउन पछिल्लो चरण राष्ट्रिय तथा अन्तराष्ट्रिय दबाब एकसाथ बढेको थियो ।

नेपालका नेताहरुलाई नझुकाइ नाकाबन्दी नखोल्ने बताउँदै आएको भारत किन एकाएक पछाडी हट्यो त ? यो प्रश्न अहिले आम मानिसहरुको बिचमा छ । खासमा भारत पछाडी हट्नुको मुख्य कारण प्रधानमन्त्री निर्बाचनमा भारत विरोधी मोर्चा हावी हुनु र त्यसको नेतृत्व एकिकृत नेकपा माओवादीले गर्नु हो ।

एमाओवादी र एमालेविच निर्बाचनको मुखमा भएको सहमतिमा प्रष्ट र खुल्ला रुपमा भारतीय हस्तक्षेपको विरुद्ध मुकाविला गर्ने उल्लेख हुनुले भारतको थप टाउको दुखाएको थियो । नेपाल आयल निगमले इन्धनका लागि ग्लोबल टेण्डर आव्हान गर्नु, चिन तेल दिन तयार हुनु , संयुक्त राष्ट्रसंघलाई लिखित रुपमा भारतीय नाकाबन्दीका विरुद्ध उजुरी गर्नुले भारतलाई चिन्तित तुल्याएको थियो ।

पछिल्लो पटक भारतविरोधी सेन्टीमेन्ट नेपालमा बढिहेको र प्रचण्ड र ओली एकपछि अर्को गर्दै झन कडा रुपमा प्रस्तुत हुन थालेपछि भारत नाकाबन्दीको फेससेभ खोजिरहेको थियो । संविधान निर्माणमा एकजुट भएका कांग्रेस÷एमाले र एमाओवादीलाई फुटाएको भनी भारतले आत्मरति लिएपनि खास कारण भने प्रचण्ड र ओलीको एकता र भारतको विकल्प खोज्ने दृडताले भारत पछाडी फर्कन वाध्य भएको बताईन्छ ।

भारत अहिलेको अवस्थाबाट पछि हट्दै अब प्रचण्ड र ओलीविचको एकतामा फाटो ल्याउन योजनामा लागिहाल्ने एक कुटनितिज्ञ बताउँछन् । यदी नाकाबन्दी नखोल्ने हो भने उनिहरुको एकता अझ बलियो हुने र इन्धन लगायतका अतिआवश्यक वस्तु अन्य देशबाट ल्याइने भएपछि भारत तर्सिएको हो । अन्य देशबाट सामान आउन थालेपछि भारतसँग स्वत सम्बन्ध टाढिने बुझाईमा भारत पुगेको बताईन्छ ।

पछिल्लो समय भारतका केही गुप्तचर अधिकारीहरु नेपालमै बसेर नाकाबन्दीको प्रतिकृया लिएका थिए । जनजिवन अस्तव्यस्त हुँदा समेत नेपाली जनता सरकार र राज्यसँग आक्रोशित नभई भारतसँग चिढिएको र अझै नाकाबन्दी लम्ब्याउँदा नेपालीहरुविच झन ठुलो राष्ट्रिय एकता बन्ने रिपोर्टिङ ति अधिकारीहरुले दिल्लीमा गरेका थिए ।

प्रधानमन्त्री निर्बाचनमा ति अधिकारीहरुले प्रचण्ड÷ओलीविचको गठबन्धन तोड्न लाख कोशिष गरेपछि असफल मात्रै भएन उल्टो आन्दोलनमा रहेको मधेसीमोर्चा मध्यको गच्छदार सरकारमा सहभागी हुन आईपुग्यो भने भारतले कांग्रेस सभापति सुशिल कोईरालालाई उम्मेदवार खडा गरेर संविधान नमान्ने घोषणा गरेका मधेसवादी दलहरुलाई समेत यही संविधान अन्तर्गत भोट हाल्ने अवस्था आइदियो ।

सबै परिस्थिति भारतकालागी प्रतिकुल हुँदै गएपछि भारत बहादुरितापूर्वक पछाडी हटेको बताईन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy