काठमाडौं । नेपालको नयाँ संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरेको भारतले नयाँ सरकार गठनपछि नेपाल आयल निगमका ट्यांकरहलाई बोलाएरै इन्धन दिएको छ । भारतीय डीपोहरुले नाकाबन्दी पछि नेपाली ट्यांकरमा तेल भर्न आनाकानी गर्दै आएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेलगत्तै भारतीय डीपोहरुले बोलाएरै तेल दिन थालेका छन् । कैलालीसँग सीमा जोडिएको भारतीय बजार शारजहापुरस्थित डीपोले मागेजति तेल दिएको छ ।
शारजहापुर डीपोमा पुगेका ३० ट्यांकरमध्ये मंगलबार २२ वटा ट्यांकरहरु तेल भरेर नेपाल भित्रिएका छन् । २० ट्यांकर डिजेल र २ ट्यांकर पेट्रोल नेपाल आएको धनगढीस्थित नेपाल आयल निगमले जनाएको छ ।
उता झापामा आईओसीले पूर्व क्षेत्रमा वितरण हुने ईन्धन ढुवानी गर्ने ट्यांकरलाई सिलीगुडीको डिपोमा बोलाएरै तेल दिएको छ । यसअघि ८ घन्टा चाँच पासको समय लिएका भारतीय एसएसवीले ५ मिनेटमै चाँच पास दिने गरेको ट्यांकर चालकले बताएका छन्।
नेपालमा राजनीतिक संरचना परिवर्तन भए लगत्तै पानिट्यांकीबाट काकडभिट्टा आउने नाकाको अवरोध पूर्णरूपमा हटेको छ। तर, भारतीय सीमासुरक्षा बलले भने यो विषयमा केहि बताउन चाहेन। सोमबार सेतोपाटीको जिज्ञासामा उनीहरूले आफूलाई केही थाहा नभएको बताए।
एकजना भारतीय एसएसविका उच्च अधिकारीले नाका खुकुलो भएको मात्र प्रतिकृया दिए उनले आफ्नो परिचय बताउन चाहेनन्।असोज ७ देखिको अघोषित नाकाबन्दीको १९ औ दिन सोमबार पूर्वी नाका काकडभिट्टा आउन ईन्धन बोकेका ट्याँकरलाई कुनै अवरोध भएन।
भारतको पानिट्याँकीबाट नेपाल आउने सो नाकामा सोमबार यो समचार तयार पार्दासम्म हवाई ईन्धनको १ , मट्टितेल १ र २२ वटा डिजलका टयांकर भित्रिएका छन्। यो वाहेक २ बुलेट खाना पकाउने एलपी ग्यास पनि भित्रिएका छन्।
यस्तै आज विभिन्न भारतीय नाकाबाट करिव १ सय ५० वटा इन्धन सहितका गाडी नेपाल आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: