काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि कोइरालाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका हुन् ।
[caption id=\"attachment_42351\" align=\"alignleft\" width=\"550\"] बालुवाटारबाट सरेर सशांक निवासमा पुगेका पूर्व प्रधानमन्त्री सुशील कोइराला[/caption]कांग्रेस सभापति कोइराला विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेका थिए ।
सभापति कोइराला बालुवाटारबाट भतिज एवम् काग्रेस नेता डा. सशांक कोइरालाको महाराजगन्जस्थित निवास सरेको उनको परिवारिक स्रोतले जनाएको छ ।
वी.पी. कोइरालाका कान्छा सुपुत्र डा.सशांकको यो निवासमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला पनि लामो समयसम्म बसेका थिए ।
कोइरालालाई नयाँ निवासमा सशांक कोइराला, श्रीहर्ष कोइराला, शेखर कोइराला लगायत नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सभासद्, नेपाल विद्यार्थी संघ, तरुण दल लगायत पार्टीका भातृ संगठन र शुभेच्छुक कार्यकर्ताहरुले नयाँ निवासमा स्वागत गरेका थिए ।
कार्यकर्ताको स्वागत ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले आफ्नो प्रधानमन्त्रित्व कालमा नेपाली जनताको झण्डै एक शताब्दी लामो संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिहरुलाई संस्थागत गर्ने संविधान निर्माण गरी संविधानसभाबाट जारी गर्ने सफलता प्राप्त भएको बताएका छन् ।
उनको सहयोगीमा भतिज अतुल कोइराला यथावत रहनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: