Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

तराईका गिद्ध पहाड तिर

म्याग्दी । नेपालका तराई भेगमा पाइने गिद्ध केही समययता पहाडी जिल्ला म्याग्दीमा पनि देखिन थालेका छन् ।

तापक्रम वृद्धि हुने क्रम बढ्दै गएपछि चिसोको खोजीमा तराई क्षेत्रका गिद्ध पहाडी भेगमा आएको हुन सक्ने चरासम्बन्धी जानकारको अनुमान रहेको छ । म्याग्दीका ओखरबोट, रुम, ज्यामरुककोट, रत्नेचौर लगायतका गाउँमा यसअघि कहिल्यै नदेखिएका गिद्ध देखिएको स्थानीय बासिन्दाले बताएका छन् । पहाडी भेगमा पाइने हिले, हुचिल, रातोपाङ्ग्रे लगायतका गिद्धका प्रजाति लोप हँुदै गएको अवस्थामा तराई क्षेत्रबाट बसाइँ सरी पहाडी भेगमा आएका गिद्ध लामो समयसम्म पहाडी भेगमा पनि अडिन नसक्ने चरासम्बन्धी अध्ययन गर्दै आएका राजु सापकोटाले बताए । \'सिमलको रूखमा बस्ने गिद्ध सिमल लोप हुँदै गएपछि पहाडी भेगबाट बसाइँ सर्न थालेका थिए । तर अहिले देखिन थालेका छन्\' बेनी नगरपालिका–४ बगरफाँटका नरबहादुर थापाले भने, \'अहिले खेतभरि गिद्धको बिगबिगी छ । यो पनि कति समयसम्मका लागि हो ?\' प्रकृतिको कुचिकारका रुपमा मानिने गिद्ध लोप हँुदै गएपछि वातावरणीय प्रदूषण बढेको सम्बन्धित क्षेत्रका व्यक्तिले बताएका छन् । जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणि सापकोटा वातावरणीय सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपूर्ण हुने बताउँछन् । तराईका गिद्ध कसरी पहाडमा देखिए यो अनुसन्धानको विषय भएको र वन कार्यालयले यस सम्बन्धमा अध्ययन गर्ने सापकोटाले बताए । यता हिमाली भेगबाट रैथाने प्रजातिका पशुपक्षी उचित बासस्थानको खोजीमा हिमालपारि जान थालेको लोमान्थाङका डमबहादुर गुरुङले जानकारी दिए । हिमाली भेगबाट लाटोकोसेरो, चिबे, हुचिललगायतका पक्षी र कस्तुरी मृगले बासस्थान छोडिसकेका छन् भने अन्य पक्षी पनि बिस्तारै उच्च हिमाली क्षेत्रमा बसाइँ सर्ने क्रम सुरु भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending