Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

बाहिरकाले साथ नदिएपछि पार्टीका नेता कार्यकर्ता फकाउँदै भट्टराई

\"baburam-bhattarai\"काठमाडौं । एकिकृत नेकपा माओवादी परित्याग गरि नयाँशक्ति निर्माणको अभियानमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई हिजो बचन दिएका स्थापित मानिसहरुले अहिले हतारो नगरौं भनी जवाफ दिन थालेपछि उनी एमाओवादीमा रहेका आफ्नै कार्यकर्तातिर फर्कन थालेका छन् । सुत्रहरुका अनुसार हिजो एकिकृत नेकपा माओवादी छदाँ भट्टराईले ‘नयाँ शक्ति’ निर्माण गरे ‘सोच्ने’ दिएका बैंकर अनिल शाह, पूर्व मुख्य सचिव लिलामणी पौडेल, पत्रकार रविन्द्र मिश्र लगायतकाले आजकाल वेवास्ता गर्न थालेपछि भट्टराई समस्यामा परेका छन् । संविधान निर्माण लगत्तै नयाँ शक्ति निर्माण गर्ने तयारीस्वरुप उनले समाजका विविध क्षेत्रका बौदिक तथा व्यापारीहरुसँग सल्लाहा लिएका थिए । आफ्नो सहयोग, समर्थन र सक्रिय सहभागिता रहने बचन दिएका ति मानिसहरुले अहिले भट्टराईको पछिल्लो गतिविधिप्रति असहमति राख्दै टाढिन थालेपछि भट्टराई पुनः आफ्नै कार्यकर्तातिर फर्कन थालेका छन् । शाह, मिश्र र पौडेलले भट्टराईले संविधान जारी हुँदा देखाएको रबैया र अनावश्यक र आश्चार्यजनक रुपमा मधेसप्रति देखाएको लगावप्रति असहमति मात्रै राखेका छैनन् । भट्टराईको पछिल्लो कदमप्रति शंका समेत गरेका छन् । सामाजिक छविका मानिसहरुलाई ठाँउ दिने भन्दै भट्टराईले एमाओवादीमा कार्यरत रहँदा जिवनभर साथ दिएका टोप बहादुर रायमाझि, देवेन्द्र पौडेल, गंगा श्र्रेष्ठलाईसमेत सँगै लगेका थिएनन् । उनले आफ्नाहरुलाई सँगै नलानुको खुलासा गर्दै रुपन्देही पुगेर भनेका थिए –आफुसँग भएका नराम्राहरु ल्याउँदा समाजमा भएका राम्राहरु अटाउँदैनन् । तर भट्टराईले सोचेजस्तो समाजका राम्रा मान्छेहरुको साथ नपाएपछि उनि पूनः एमाओवादीमा रहेका पुराना आफु पक्षधर नेता कार्यकर्ता फर्काउने अभियानमा लागेका छन् । सोही अभियान स्वरुप उनले मंगलबार काठमाडौंमा रहेका आफु पक्षधर कार्यकर्ताहरुको भेला समेत गरे । उनले नयाँ शक्ति निर्माण खाका बनाउन आफु एक्लै छोडेको र अब विस्तारै आफु पक्षधरलाई लैजाने बताएपनि भित्रि स्रोतका अनुसार समाजमा रहेका र उनले अपेक्षा गरेका मानिसहरुले उनलाई साथ नदिएपछि उनि पुराना कार्यकर्तासँग फर्किएका हुन् । भट्टराईले जति नयाँ शक्तिको कुरा गरेपनि अन्तत एमाओवादीमा रहेका केही नेता कार्यकर्ताको एउटा नयाँ झुण्ड बाहेक अरु हुने देखिदैँन । एमाओवादीमै रहेका उनका विचार समुहका धेरै नेता तथा कार्यकर्ताले समेत उनको पछिल्लो कदमलाई गलत भन्दै आएका छन् । भट्टराई पछिका नेता टोप बहादुर रायमाझीले समेत भट्टराईको पछि नलाग्ने बताईरहँदा मधेशमा रहेका तर अलोकप्रिय केही नेताहरुको मात्रै साथ भट्टराईसँग छ । उनी पक्षधर अर्का नेता राम बहादुर कार्कीले उनको साथ छोडेको वर्षदिन बढी भइसकेको छ । एमाओवादीमा हिजो भट्टराईकै साथ रहेका एक नेताले भने, –पुजिँपतिहरुसँग सल्लाहा गरेर बनाउने उनको नयाँ शक्तिले गरिब जनताको हित गर्छ भनेर कसरी पत्याउने ?’ उनले थपे, –केजरीवालको आम आद्मी जस्तै हुन्छ उनको नयाँ शक्ति । राजनीतिक पार्टीका लागी राजनीतिक चरित्रको मान्छे चाहिन्छ , उनी त समाजका व्यापारी, व्यावसायि र बुद्दीजिवि ल्याएर पार्टी बनाउने कुरा गर्दैछन् । त्यो चरित्रले राजनीतिक पार्टी होइन, एउटा एनजिओ बन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy