Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

यसरकारण मन्त्रीहरुको निर्णय गर्न सकिरहेका छैनन प्रचण्ड

\"Prachanda_shirsha\"काठमाडौं । एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड अहिले चौतर्फी दबाबमा छन् । संविधान जारी भएलगत्तै नयाँ सरकार गठनको गठबन्धनमा नेतृत्व गरेका प्रचण्डलाई अहिले सरकारको मन्त्रीमण्डल, सभामुख तथा राष्ट्रपतिको चुनावी दबाब तथा आकांक्षीहरुको दबाब यति सकसपूर्ण छ कि उनी आफै पनि बेलाबेलामा उल्झनमा हुने गरेको एक एमाओवादी नेताले बताए । प्रधानमन्त्रीमा केपी ओली निर्बाचित भएलगत्तै सरकारका आकर्षक मन्त्रालय तथा सभामुख र राष्ट्रपति लगायतका पदहरुका आकांक्षीहरुले प्रचण्डमाथिको दबाब एकाएक बढाएका हुन् । एमालेसँग ८ मन्त्रालय एमाओवादीले  लिने सहमति भइसकेको भएपनि राष्ट्रपति र सभामुखको टुंगो लागिनसकेको स्रोत बताउँछ । एमाओवादी अध्यक्ष प्रचण्ड यतिबेला पार्टीका आंकाक्षीहरुको दबाबमा मात्रै छैनन् सरकारमा सहभागी सबै पार्टीका आंकाक्षीहरुको दबाब छन् । उनलाई एमाले, फोरम र राप्रपा अनि मालेका प्रमुखहरुभन्दा मुनिका  नेताहरुले समेत मन्त्रालयका लागि शिफारिश गरिदिन आग्रह गर्ने गरेका छन् । लाजिम्पाट स्रोतका अनुसार आकर्षक मन्त्रालयमा जानका लागि आफ्नो पार्टीका भन्दा पनि बढी अरु पार्टीका आकांक्षीहरुको दबाब प्रचण्डलाई ठुलो छ । उनिहरुलाई सरकार निर्माणको नेतृत्व गरेका प्रचण्डले बोलिदिए या प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनिदिए भनेको मन्त्रालय पाउने बुझाई उनिहरुको छ । पार्टीमै पनि प्रचण्डलाई दबाब छ  । बाबुराम भट्टराई पार्टी छोडेर गएपछि आफ्नै बिचार समुहमध्यबाट समेत मन्त्रालयहरुको रोजाईलाई लिएर प्रभावशाली नेताहरुको एउटै मत नभएपछि प्रचण्ड उल्झनमा परेका हुन् । सभामुखका लागि एमाओवादीले उम्मेदवार नै बनाउन नसक्नु यसैको परिणाम हो । सभामुखमा बाहिर चर्चामा रहेजस्तो कृष्णबहादुर महराको नाम आएपनि स्वंय महराले भने त्यस्तो निस्कृय पदमा नजाने र आफु सक्रिय राजनीतिमै रहने बताएपछि सभामुखको समेत टुंगो लागेको छैन । ३ पटकसम्म स्थायि समितिको बैठकमा छलफल भएपनि मन्त्रालयहरुको मन्त्री बनाउनेहरुको टुंगो नलागेपनि बुधबार दिउँसो बस्ने बैठकले भने टुंग्याउने बताइन्छ । प्रचण्ड स्वंम भने अहिले यो वा उ पक्षमा छैनन् । सबै नेताहरु र आंकाक्षीहरुको चित्त बुझ्ने निर्णय गर्न चाहिरहेको लाजिम्पाट स्रोत बताउँछ । पाइने पदहरुभन्दा धेरै आकांक्षीहरु देखिनु र पाइएका पदहरुमा पनि ‘यो भए हुने त्यो भए नहुने’ भन्नेमा नेतहरु हुनुले पनि प्रचण्डलाई निर्णयमा पुग्न समस्य भईरहेको छ । तर प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काका अनुसार निर्णयमा पुग्न नसकेको होइन, एमालेसँग मन्त्रालय तथा अन्य पदिय बाँडफाँड नटुगिंएकोले ढिला भएको हो । एमालेसँग आठ मन्त्रालयमा हिजो कुरा टर्गिएपछि आझै मन्त्रीहरु टुगिने उनले बताए । एमाओवादीभित्र तलका कार्यकर्ताहरु र उपल्लो स्तरका नेताहरुको रोजाई नमिल्नु पनि अर्को समस्या हो । उपल्लो स्तकार नेताहरुले आफ्नो स्वार्थअनुरुप माग राखिरहेका छन् भने तलका कार्यकर्ताहरुले पार्टीहितका लागी नेताहरुको प्रतिनिधित्वको कुरा गरिरहेका छन् । खड्का भन्छन्,–‘यस्तो गम्भिर विषयमा निर्णय गर्दा बिचार गर्नुपर्छ र अध्यक्ष प्रचण्डमाथि दबाब स्वभाविक हो, तर दबाबले भन्दा पनि एमालेसँग कुरा नटुगिंएकोले ढिलाई भएको हो’ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE