Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

सरकारद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

\"kp_oli\"काठमाडौं । सरकारले आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गरी वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनरत दललाई वार्तामा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले लिखितरुपमा आजै आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका प्रवक्ता खरेलका अनुसार  प्रधानमन्त्री ओलीको संयोजकत्वमा विभिन्न राजनीतिक दलसँग छलफल गरेर उपयुक्त वार्ता समिति गठन गर्ने निर्णय गरिएको छ । त्यसैगरी, बैठकले इन्धन आपूर्ति व्यवस्थालाई सहज बनाउन भारत सरकारसँग कूटनीतिक पहल गरिरहेको र त्यसका लागि वैकल्पिक उपाय अपनाउन थप कदम अगाडि बढाउने निर्णय गरेको छ । आजको बैठकले प्रधानमन्त्रीको स्वकीय सचिवमा इन्द्र भण्डारी र प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले अघिल्लो सरकारले बढुवा गरेका केही विशिष्ट श्रेणीका बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा अन्य केहीलाई सरुवा गर्ने निर्णयसमेत गरेको छ । यसअन्तर्गत प्रशासनतर्फका केदारबहादुर अधिकारीलाई सामान्य प्रशासन अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासक पश्चिमाञ्चल, पोखरामा, राजेन्द्रप्रसाद नेपाललाई महालेखा नियन्त्रकको कार्यालयबाट क्षेत्रीय प्रशासन कार्यालय पूर्वाञ्चल धनकुटामा, महेशप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासन मध्यमाञ्चल हेटौँडामा र मोहनकृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासन कार्यालय मध्यपश्चिमाञ्चलमा र श्रीरामकुमार आचार्य क्षेत्रीय प्रशासक, क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाबाट श्रम सचिव श्रम तथा रोजगारमन्त्रालयमा पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको छ । इन्जिनियरिङ सेवाबाट भीमप्रसाद उपाध्यायलाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट नेपाल ट्रस्टको कार्यालयमा सचिवमा र सुरेशप्रकाश आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटाबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा र पदस्थापन गर्ने निर्णय गरिएको छ । काठमाडौं । सरकारले आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गरी वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनरत दललाई वार्तामा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले लिखितरुपमा आजै आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका प्रवक्ता खरेलका अनुसार  प्रधानमन्त्री ओलीको संयोजकत्वमा विभिन्न राजनीतिक दलसँग छलफल गरेर उपयुक्त वार्ता समिति गठन गर्ने निर्णय गरिएको छ । त्यसैगरी, बैठकले इन्धन आपूर्ति व्यवस्थालाई सहज बनाउन भारत सरकारसँग कूटनीतिक पहल गरिरहेको र त्यसका लागि वैकल्पिक उपाय अपनाउन थप कदम अगाडि बढाउने निर्णय गरेको छ । आजको बैठकले प्रधानमन्त्रीको स्वकीय सचिवमा इन्द्र भण्डारी र प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले अघिल्लो सरकारले बढुवा गरेका केही विशिष्ट श्रेणीका बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा अन्य केहीलाई सरुवा गर्ने निर्णयसमेत गरेको छ । यसअन्तर्गत प्रशासनतर्फका केदारबहादुर अधिकारीलाई सामान्य प्रशासन अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासक पश्चिमाञ्चल, पोखरामा, राजेन्द्रप्रसाद नेपाललाई महालेखा नियन्त्रकको कार्यालयबाट क्षेत्रीय प्रशासन कार्यालय पूर्वाञ्चल धनकुटामा, महेशप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासन मध्यमाञ्चल हेटौँडामा र मोहनकृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासन कार्यालय मध्यपश्चिमाञ्चलमा र श्रीरामकुमार आचार्य क्षेत्रीय प्रशासक, क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाबाट श्रम सचिव श्रम तथा रोजगारमन्त्रालयमा पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको छ । इन्जिनियरिङ सेवाबाट भीमप्रसाद उपाध्यायलाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट नेपाल ट्रस्टको कार्यालयमा सचिवमा र सुरेशप्रकाश आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटाबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा र पदस्थापन गर्ने निर्णय गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy