Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

महतोले खोले प्रधानमन्त्री चुनावमा कांग्रेसलाई मत हाल्नुको रहस्य

पर्सा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन राजनीतिक दलहरुको गठबन्धन तोड्न मधेसी मोर्चा सफल भएको दाबी गरेका छन् । कांग्रेसलाई प्रधानमन्त्रीको लोभ देखाएर तीन दलको गठबन्धन मोर्चाले टुटाएको उनको भनाइ छ ।

\"rajendra-mahato\"पर्साको वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले कांग्रेस, एमाले र एमाओवादीको गठबन्धनलाई नतोडेसम्म मधेसको माग पूरा नहुने भएकाले प्रधानमन्त्रीको लोभ देखाएर कांग्रेसलाई तीन दलीय गठबन्धनबाट अलग गरेको बताए ।

वीरगञ्जको मितेरी पुलमा धर्ना बसेर भन्सार नाका अबरुद्ध पारेका कार्यकर्ताहरुमाझ बसेर महतोले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस प्रतिपक्षमा आए मधेसको मुद्दामा जीत हासिल गर्न सहज हुने भएकाले सुशील कोइरालालाई मतदान गर्न मोर्चा संसदमा प्रवेश गरेको हो ।’

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले एकाएक प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि सर्बत्र आश्चर्य व्यक्त गरिएको थियो । कांग्रेस पार्टी भित्र कोइरालाको चर्को आलोचनासमेत हुँदै आएको छ । नेपाललाई नाकाबन्दी गरेर अप्ठेरोमा पारेको भारतको उक्साहटमा लागेर कोइरालाले पुनः प्रधानमन्त्री बन्ने लोभ देखाएको चर्चा अझै सेलाइसकेको छैन । भारतकै उक्साहटमा आन्दोलन गरिरहेको आरोप लाग्ने गरेको मधेसी मोर्चाका नेता महतोको अभिव्यक्तिले सुशील कोइरालामाथि लाग्ने गरेको आरोपमा थप बल पुगेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको मतदानमा मधेसी मोर्चा सहभागी हुने–नहुने स्पष्ट पारेनन् । यसबारे पत्रकारको जिज्ञासामा महतोले भने, ‘प्रधानमन्त्रीको निर्वाचनमा मत खसाल्न जाँदा मधेसी जनता रिसाएकाले अब अर्को निर्वाचनमा सहभागी हुन धेरै सोच्नु पर्ने अवस्था आएको छ । तर, मधेसी मोर्चाले निर्णय गरे पुनः मतदान गर्न सकिन्छ ।’

महतोले आफूहरुको आन्दोलन जारी रहेको भन्दै सरकारले आफूहरुका माग पूरा गरे वार्तामा बस्ने स्पष्ट पारे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy