Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेद्वारी नदिने

\"nc_flage\"काठमाडौं । नेपाली कांग्रेसले आज हुने सभामुख र उपसभामुख पदको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बसेको कांग्रेस पदाधिकारीको बैठकले ती दुई पदमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार नबनाउने निर्णय गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भने प्रधानमन्त्री निर्वाचनको क्रममा आफूलाई सहयोग गर्ने दलहरुसँगको आवश्यक परामर्श र सल्लाहका आधारमा अगाडि बढ्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निर्वाचनको क्रममा कांग्रेसलाई मधेस केन्द्रित दलले सहयोग गरेका थिए ।‘ ‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेको दलसँग आवश्यक परामर्श र छलफलपछि राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेका छौँ’ बैठकपछि पार्टी प्रवक्ता दिलेन्द्र्रप्रसाद बडूले भने ‘आजको निर्वाचनमा हाम्रो आधिकारिक उम्मेदवार कोही पनि छैनन्, तर राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने हामी उम्मेदवारी तय गछौँ ।’ व्यवस्थापिका–संसद्को आज दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ । व्यवस्थापिका–संसद् सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशित गरी बहुमतीय प्रक्रियाका आधारमा सभामुख चयन गर्ने जनाएको छ । आज बिहान ११ देखि २ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । सभामुखमा एकीकृत नेकपा ९माओवादी०ले रोल्पा क्षेत्र नं २ बाट निर्वाचित सांसद ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ । प्रमुख सत्तारुढ दल नेकपा ९एमाले०, एमाओवादी र सरकारलाई सहयोग गरेका अन्य दलको सहयोगमा घर्ती सहजै निर्वाचित हुने बाटो खुलेको छ । दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट विजयी भएकी घर्ती एमाओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचित हुने २६ जना सांसदमध्ये एक मात्र निर्वाचित महिला सांसद हुन् । उपसभामुखको जिम्मेवारीसमेत सम्हालेकी घर्ती सत्तारुढ दलको साझा उम्मेदवारको रुपमा देखिएकी छन् । व्यवस्थापिका–संसद् सचिवालयले बिहीबार दिउँसो ३ बजेसम्म सहमतिका आधारमा सभामुख चयन गर्ने निर्वाचन तालिका प्रकाशित गरेको थियो । सो समयसम्म सहमतिका आधारमा सभामुख चयन नभएपछि आज बहुमतीय प्रक्रियामा प्रवेश गरेको हो । यस्तै सचिवालयले आज साँझ ५ बजेका लागि उपसभामुखको निर्वाचन हुने कार्यक्रम तय गरेको छ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवारी दिने जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: