Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भूकम्पपीडिलाई डेङ्गु रोगको लक्षण

गोरखा । भूकम्पले घर भत्केपछि बारीको पाटामा अस्थायी टहरोमा बस्दै आएका गोरखाका भूकम्पपीडितलाई डेङ्गु रोगको लक्ष्यण देखा परेको छ । टहरोमा सङ्कटपूर्ण तबरले गुजारा चलाउँदै आएका भूकम्पपीडितमा डेङ्गु रोग लाग्दा देखिने केही लक्ष्यण देखिएपछि जिल्ला अस्पताल गोरखाले थप उपचारका लागि चितवनस्थित अस्पतालमा पठाएको छ । देउराली गाविसकी एक महिलामा डेङ्गु रोग देखिएको पुष्टि भए पनि अन्य बिरामीको प्रतिवेदन आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ । चितवन बसेर हालै गोरखा आएकी महिलामा डेङ्गु रोग देखिएको हो । बिरामीको नाम गोप्य राखिएको छ । त्यस्तै सोही गाविसका अर्का एक पुरुषमा पनि डेङ्गु रोगको लक्षण देखिएपछि चितवनस्थित अस्पतालमा भर्ना गरिएको छ । ‘चितवन बसेर फर्केकी एक जनालाई डेङ्गु देखिएको हो’ जिल्ला अस्पताल स्रोतले भन्यो, ‘उनको उपचार भइरहेको छ । लक्षण देखिएका अन्यको प्रतिवेदन आइसकेको छैन ।’ लामखुट्टेले टोकेपछि डेङ्गु रोग एक अर्कामा सर्छ । बिरामीलाई उच्च ज्वरो आउने, मांसपेशी तथा हाडजोर्नी दुख्ने, रिङ्गाटा लाग्नेजस्ता लक्षण देखिएको बिरामीका आफन्तजनले बताएका छन् । गत वर्ष पनि गोरखाका एक जनामा देखिएको डेङ्गु रोग उपचारपछि निको भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले नेपालका गर्मी ठाउँमा डेङ्गु रोग देखिए पनि पहाडमा कम मात्रामा देखिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending