Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

टान अध्यक्षमा चन्द प्रसाद रिजाल विजयी

\"chandraकाठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल ९टान० को अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेलाई ७९ मतले हराउँदै रिजाल विजयी भएका हुन् । टानको नयाँ कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको थियो । रिजालले ४ सय ११ मत प्राप्त गरेका छन भने पाण्डेले ३ सय ३२ मत प्राप्त गरेका छन् । टानको ८ पदाधिकारी र ९ सदस्यका लागि भएको निर्वाचनमा अधिकांश सिटमा रिजाल समूहका बिजयी भएका छन् भने पाण्डे समूहबाट कोषाध्यक्ष र एक सदस्यमात्र विजयी भए । बरिष्ठ उपाध्यक्षमा टाँसी लाक्पा शेर्पा विजयी भए । उनले ४ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी निमा शेर्पाले ३ सय ३१ मत ल्याए । प्रथम उपाध्यक्षका प्रतिष्पर्धी तेज गुरुङले ३ सय ७१ मत ल्याएर विजय भए । उनीसँगै प्रतिष्पर्धामा रहेकी विद्या हिराचनले भने ३६५ मत पाईन् । द्धित्तिय उपाध्यक्षमा ऋषिप्रसाद नेपाललाई हराउँदै रामप्रसाद सापकोटा बिजयी भएका छन् । नेपालले ३ सय २५ मत प्राप्त गरे भने बिजयी भएका सापकोटाले ४ सय ३ मत प्राप्त गरेका छन् । महासचिवमा कर्ण बहादुर लामा ४ सय १२ मतसहित बिजयी भए । उनका प्रतिस्पर्धी पाशाङ शेर्पाले ३ सय २७ मत प्राप्त गरे । सचिवमा मुक्ति पाण्डे ४ सय ४ ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी छेटुप तामाङले ३ सय २२ मातमात्र प्राप्त गरे । कोषाध्यक्षमा लिलाबल्लभ दाहाल ३ सय ८५ मतसहिच बिजयी भए । उनका प्रतिस्पर्धी सोनामा ग्याल्जेन शेर्पाले जम्मा ३ सय ५४ मतमात्र प्राप्त गरे । सह(कोषाध्यक्ष कृष्णमान श्रेष्ठ ३ सय ९३ मत प्राप्त गरि बिजयी भए । उनका प्रतिस्पर्धी शंकर पाण्डेले ३ सय २२ मत प्राप्त गरेका छन् । सदस्यमा रुद्रजंग अधिकारी ‘शम्भु’ (३७००, तारानाथ लामिछाने ‘दिनेश’ (३४३०, देवि पाण्डे ९३७६०, डम्बरबहादुर अधिकारी ९३५५०, बासुदेव लम्साल ९३६००, सरिता लामा ९४४३०, ङावा ङमिा शेर्पा ९३७९०, वाङ्छु शेर्पा ९३७०० र पेम्बा शेर्पा ‘संगम’ ९३३८० मत प्राप्त गरी बिजयी भएका छन् । रिजाल समूहलाई एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेकपा(माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन, शेर्पा समुदाय लगायतले साथ दिएका थिए भने पाण्डे समहलाई कांग्रेस निकट निट र एमाओवादी निकट नेपाल पर्यटन व्यावसायी मञ्चले साथ  दिएको थियो  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending