Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

उपसभामुखमा राप्रपा नेपालका गङ्गाप्रसाद यादव निर्वाचित (जीवनीसहित)

काठमाडौँ । व्यवस्थापिका–संसद्को उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

\"Gangaव्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा एकमात्र उम्मेदवारी रहेकाले यादव निर्विरोध निर्वाचित भएका हुन् । उनलाई निर्वाचित गरियोस् भनी नेकपा (एमाले) का सांसद शत्रुधन महतोले प्रस्ताव प्रस्तुत गरेका  थिए ।

महतोले वडाध्यक्षदेखि सांसद हुँदै राजनीतिक अनुभव प्राप्त गर्नुभएका यादवलाई सो पदमा निर्वाचित गराउन आग्रह गरे ।

प्रस्तावलाई समर्थन गर्दै एमाओवादीका सांसद रेखा शर्माले समावेशी र समानुपातिक आधारमा संविधानको कार्यान्वयनका क्रममा निर्विरोध रूपमा सो पदमा निर्वाचित गराउन आग्रह गरिन् ।

बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले यादवको सो पदमा एकमात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । उनले नवनिर्वाचित यादवलाई बधाई दिँदै सफल कार्यकालको कामना गरे ।

सो पदमा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दर्ता गराए पनि लिखितरूपमा फिर्ता लिइएकाले यादवको मात्र उम्मेदवारी कायम रहेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि निर्विरोध भएका हुन् ।

यही असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचन भए पनि आजको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित हुनुले सत्तापक्ष र प्रतिपक्षका बीचको दूरी घट्ने अनुमान गरिएको छ । संसद्को अर्काे बैठक आगामी कात्तिक ७ गते शनिबार दिउँसो ३ बजे बस्नेछ ।

यस्तो छ उपसभामुख पदमा निर्वाचित यादवको जीवनी

व्यवस्थापिका–संसद्को उपसभामुख पदमा निर्विरोध निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का गङ्गाप्रसाद यादवको जन्म सप्तरीको जोगिनीया गाविसमा विसं २००७ मा भएको हो ।

पीता मणिलाल तथा माता हसीदेवीका ज्येष्ठ सन्तानका रुपमा जन्मिएका यादवले विसं २०२५ देखि राजनीति सुरु गरेका थिए ।

पञ्चायतकालीन पृष्ठभूमिमा राजनीति सुरु गरेका यादव विसं २०२७ मा युवक सङ्गठनको अध्यक्ष, विसं २०३३ मा सोही गाविसको अध्यक्ष, विसं २०३५ मा राजविराजको प्रधानपञ्च हुँदै समाजसेवामा समेत सक्रिय थिए । उनी विसं २०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए ।

उनले सोही जिल्लाको जिल्ला विकास समितिका उपसभापतिको रुपमा पनि जिम्मेवारी बहन गरेका थिए ।

विसं २०६१ मा पार्टी विभाजन भएपछि राप्रपा (नेपाल) को जिल्ला अध्यक्ष हुँदै २०६४ मा केन्द्रीय सदस्यसमेतको जिम्मेवारीमा रहेका यादव विसं २०७० को निर्वाचनमा पार्टीको समानुपातिकतर्फबाट सभासद् निर्वाचित भएका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE