Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

उपसभामुखमा राप्रपा नेपालका गङ्गाप्रसाद यादव निर्वाचित (जीवनीसहित)

काठमाडौँ । व्यवस्थापिका–संसद्को उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

\"Gangaव्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा एकमात्र उम्मेदवारी रहेकाले यादव निर्विरोध निर्वाचित भएका हुन् । उनलाई निर्वाचित गरियोस् भनी नेकपा (एमाले) का सांसद शत्रुधन महतोले प्रस्ताव प्रस्तुत गरेका  थिए ।

महतोले वडाध्यक्षदेखि सांसद हुँदै राजनीतिक अनुभव प्राप्त गर्नुभएका यादवलाई सो पदमा निर्वाचित गराउन आग्रह गरे ।

प्रस्तावलाई समर्थन गर्दै एमाओवादीका सांसद रेखा शर्माले समावेशी र समानुपातिक आधारमा संविधानको कार्यान्वयनका क्रममा निर्विरोध रूपमा सो पदमा निर्वाचित गराउन आग्रह गरिन् ।

बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले यादवको सो पदमा एकमात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । उनले नवनिर्वाचित यादवलाई बधाई दिँदै सफल कार्यकालको कामना गरे ।

सो पदमा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दर्ता गराए पनि लिखितरूपमा फिर्ता लिइएकाले यादवको मात्र उम्मेदवारी कायम रहेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि निर्विरोध भएका हुन् ।

यही असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचन भए पनि आजको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित हुनुले सत्तापक्ष र प्रतिपक्षका बीचको दूरी घट्ने अनुमान गरिएको छ । संसद्को अर्काे बैठक आगामी कात्तिक ७ गते शनिबार दिउँसो ३ बजे बस्नेछ ।

यस्तो छ उपसभामुख पदमा निर्वाचित यादवको जीवनी

व्यवस्थापिका–संसद्को उपसभामुख पदमा निर्विरोध निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का गङ्गाप्रसाद यादवको जन्म सप्तरीको जोगिनीया गाविसमा विसं २००७ मा भएको हो ।

पीता मणिलाल तथा माता हसीदेवीका ज्येष्ठ सन्तानका रुपमा जन्मिएका यादवले विसं २०२५ देखि राजनीति सुरु गरेका थिए ।

पञ्चायतकालीन पृष्ठभूमिमा राजनीति सुरु गरेका यादव विसं २०२७ मा युवक सङ्गठनको अध्यक्ष, विसं २०३३ मा सोही गाविसको अध्यक्ष, विसं २०३५ मा राजविराजको प्रधानपञ्च हुँदै समाजसेवामा समेत सक्रिय थिए । उनी विसं २०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए ।

उनले सोही जिल्लाको जिल्ला विकास समितिका उपसभापतिको रुपमा पनि जिम्मेवारी बहन गरेका थिए ।

विसं २०६१ मा पार्टी विभाजन भएपछि राप्रपा (नेपाल) को जिल्ला अध्यक्ष हुँदै २०६४ मा केन्द्रीय सदस्यसमेतको जिम्मेवारीमा रहेका यादव विसं २०७० को निर्वाचनमा पार्टीको समानुपातिकतर्फबाट सभासद् निर्वाचित भएका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending