Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

दलहरु भ्रष्टाचारको दलदलमा फसे, म नक्सा कोरेर खान्छु, भ्रष्टाचार गर्दिन–बाबुराम

\"baburam-bhattarai\"पोखरा । देशको समृद्धीका लागि नयाँ शक्ति गठनको उद्घोष गरेर एमाओबादी छोडेका डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु पूरै भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । सम्बाद नेपालले पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले राजनीतिलाई सबैले सम्पति आर्जन गर्ने पेशा ठानेकाले देशको विकास र समृद्धी हुन नसकेको उल्लेख गरे । पूराना शक्तिको त कुनै हिसाव किताव नै छैन, भट्टराई भन्छन्–क्रान्तीकारी र नयाँ शक्तिको रुपमा आएको माओबादी समेत त्यतैतिर लिप्त छ, देशको समृद्धी कसरी कल्पना गर्ने ? राजनीति ब्यवसाय नभएको भन्दै उनले ब्यवसाय गर्ने भए राजनीति नगर्न आग्रह समेत गरेका छन् । अन्य देशमा त राजनीति छोडेर ब्यवसाय गर्छन्, उनले भने–नेपाल मात्रै यस्तो देश हो जहाँ ब्यवसाय छोडेर राजनीति गरिन्छ । सबै दल भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउने भट्टराईले आँफु भने राजनीति गरेरै पेट पाल्न सक्ने बताए । राजनीति गर्ने भ्रष्टाचारको लागि होईन, उनले भने–म बरु नक्सा कोरेर खान्छु, भ्रष्टाचार गर्दिन । भट्टराईले नेपाली राजनीतिमा अग्रगामी बिचार सहित नयाँ शक्ति आवश्यक रहेको भन्दै नयाँ सोचका साथ आउने जो कोहीलाई पनि नयाँ शक्तिमा प्रवेश दिन सकिने बताए । अहिलेसम्म निश्चित व्यक्तिको नेतृत्वमा मात्र राजनीतिक दलहरु चल्ने गरेको भन्दै नेतृत्व परिवर्तन हुन नसके वा पुरानै शैलीमा पार्टीहरु चल्ने हो भने जनताको बीचबाट नयाँ शक्तिको उदय हुनु अस्वभाविक नभएको उनको तर्क छ । देशका अढाई करोड जनता कुनैपनि राजनीतिक दलमा आवद्ध छैेनन्, उनी भन्छन्–सबैले परिवर्तनको आसा गरेका छन्, हामी परिवर्तन हुनुको विकल्प छैन, जनताले नयाँ शक्ति चाहेका छन् । राजनीतिक शक्ति युगको आबश्यक्ता पूरा गर्ने साधन भएकाले युग सापेक्ष नयाँ शक्ति आउने र यसमा कुनै आश्चर्यको कुरा नभएको उनको भनाई छ । हामी अति गरिवीको रेखामुनी रहेको उल्लेख गर्दै भट्टराई भन्छन्–पूराना शैलिका आन्दोलन छोडेर अधिकार खोज्ने तथा विकासको बाटोमा अघि बढ्नुपर्छ । संविधानसभामा संवैधानिक–राजनीतिक सम्बाद समितिका सभापति समेत रहेका डा. बाबुराम भट्टराईले नयाँ संविधान नेपालीको लागि कोशेढुङ्गा भएको भन्दै थाँति रहेका केही बिषयहरुलाई संशोधन गरेर समाबेश गर्न सुझाव दिएका छन् । पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरेपछि असोज ३ नेपालका लागि पहिलो महत्वपूर्ण दिन भएको उनले बताए । संविधान जारी भएपछि नेपालमा पूरानो युगको अन्त्य र नयाँ युगको सुरुवात भएको भट्टराईको तर्क छ । यस्तै अहिले भारतले लगाएको अघोषित नाकाबन्दी प्रति भने भट्टराईले बिरोध गरे । सुगौली सन्धीपछि भारतले पटक पटक नेपालमाथी अवरोध गरिरहेको छ, उनी भन्छन्–भारतको हस्तक्षेपलाई रोक्नका लागि आन्तरिक विवाद समाधान गरेर एकबद्ध आन्दोलन गर्नुपर्छ । यसका लागि भारतसँगको परनिर्भरता अन्त्य गर्ने र अन्तरनिर्भरता विस्तार गर्नुपर्ने उनको भनाई छ । अहिले त जसले भारतलाई बढी गाली गर्छ त्यै बढी राष्ट्रबादी जस्तो देखियो, उनी भन्छन्–अब गाली गरेर होईन कुटनितीक रुपमा हामी बलियो हुनुपर्छ, भारतले केही गर्न सक्दैन, हामीले आवेगमा गाली गर्ने भन्दा विवेक प्रयोग गर्नु जरुरी छ । त्यसपछि पनि भारतले अवरोध गरे अन्तराष्ट्रिय रुपमै नागिंने उनले बताए । हामीले पनि आबश्यक्ता परेको बेला नाकाबन्दी लगाउने स्थिती सिर्जना गरौं, उनी भन्छन्–देशमा भएका साधन श्रोतको अधिकतम प्रयोग गरेर अर्थतन्त्र मजबुद बनाउनुपर्छ । अहिले देशमा भएका आन्दोलन जायज भएको भन्दै उनले यस्ता आन्दोलनलाई दमन गरिए केही समयपछि आँफै विस्फोट हुन सक्ने संकेत गरे । बिशेषगरी थारु, मगर र मधेसी समुदायको क्लष्टर मिलाएर उनीहरुको समान समाबेशितालाई सुनिश्चित गरिनुपर्ने उनका भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy