काठमाडौं । भारतले लगाएको नाकाबन्दीले झण्डै महिना दिन हुदैँ गर्दासमेत अतिआवश्यक पेट्रोलियम पदार्थको विकल्प सरकारले खोज्न सकेको छैन ।
संविधान जारी भएलगत्तै नाकाबन्दीमा परेको नेपालले पेट्रोलियम पदार्थ लगायत खाना पकाउने ग्याँसको चरम अभाव छ । नजिकिदैं गरेको दशैं समेत यसपाली खल्लो हुने अवस्था सिर्जना हुँदै गईरहेको छ ।
अघिल्लो कोईराला सरकारले औपचारिक रुपमा नाकाबन्दी भन्नै अस्विकार गरेपनि ओलीले सरकार सम्हालेसँगै भारतको विकल्पमा केही होला भन्ने अनुमान अहिले आम रुपमा निराशामा परिणत हुन थालेको भान हुन्छ ।
भारतको विकल्पमा नेपालको आयल निगमले ग्लोबल टेण्डर आव्हान गरेपनि टेण्डरमा सहभागी अधिकांश कम्पनिले भारतबाटै निर्यात गरिने उल्लेख गरेका छन् । तत्कालको अभाव पूर्ति हुनेगरी हवाइमार्गबाट तेल ल्याउने विकल्पमा समेत सरकारको लगाव छैन ।
सरकारले भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली बनाउको भएपनि तात्कालिन व्यवस्थाको बारेमा नसोच्नु र भारतको विकल्पका रुपमा चिनलाई रोज्न नसक्नुलाई आम मानिसहरुले अचम्म मानेका छन् ।
नेपाल एक स्वतन्त्र राष्ट्र भएकोले अरु विकल्पका बारेमा स्वतन्त्र रहेको भारतीय भनाईले सकारलाई चूनौति खडा गरेको भएपनि ओली सरकार भने यसलाई कुनै चूनौतिको रुपमा बुझिरहेको देखिन्न ।
ओलीको नेतृत्वमा सरकार गठन भएसँगै भारतसँग कुटनितिक वार्ता र चिनसँगसमेत वार्ता गरी एकसाथ विकल्प खोज्ने आम अनुमान गलत हुन थालेको मात्रै छैन मौन ओली सरकारप्रति केही मानिसहरु तथा विरोधी राजनीतिक शक्तिले भारतपरस्त भनि लगाएको आरोपको शंका थप बृद्धि हुने अवस्था सृजना भएको छ ।
विकल्पको रुपमा हवाईमार्ग या चिनबाट केहीमात्रै पेट्रोलियम पदार्थ ल्याएर भएपनि भारतलाई दबाब दिन सरकारसँग बाटाहरु थिए तर सरकारको ध्यान यता देखिएको छैन ।
प्रतिकृया लेख्नुहोस्: