Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सहमतिमा आए कांग्रेसलाई उचित पद दिन सकिन्छ– नेता नेपाल

\"Madhavकाठमाडौं । नेकपा एमाले का नेता माधवकुमार नेपालले विगतको कमीकमजोरीलाई स्वीकार गरेर सहमतिमा आए नेपाली काँग्रेसले चाहेको पद दिन सकिने बताएका छन् । कागेश्वरी मनहरा नगरपालिका गोठाटारमा आज आयोजित एक कार्यक्रममा उनले संविधान जारी गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न तयार भए आपूmहरुले पनि काँग्रेसलाई उचित स्थान दिएर सरकारमा ल्याउन तयार रहेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘इतिहासमा नै महिला पहिलो पटक सभामुख भएकोमा मुलुकका समग्र महिलाले खुसी व्यक्त गरेका छन् । केही समयपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि महिला नै बन्दै हुनुहुन्छ । राष्ट्रपति पनि महिला नै भए सबै भन्दा राम्रो हुन्छ । हामी त्यसको प्रयत्नमा छौ ।’ नेपालको संविधान जारी हुँदा ८५ प्रतिशतको हस्ताक्षर र ९० प्रतिशतको सहमति भएको र प्रधानमन्त्री र सभामुखको निर्वाचनपछि शत प्रतिशतले संविधान स्वीकार गर्नु सुखद भएको बताउँदै नेता नेपालले आगामी दिनमा मुलुकमा अझ एकतावद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले काठमाडौँ – तराई द्रुत मार्ग करोडौँ भ्रष्टाचार गरेर भारतीय कम्पनीलाई दिन लागिएकोप्रति आपत्ति जनाउँदै नेपाली व्यवसायीलाई नै निर्माणका लागि दिनुपर्ने, यदि त्यसो हुन नसके विश्वव्यापी बोलपत्र आह्वान गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे । कार्यक्रममा सांसद् रामेश्वर फुयालले स्थानीय क्षेत्रको विकास निर्माणमा सबै राजनीतिक दल केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending