Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कर्तव्यप्रति समर्पित रहन नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

\"Rss_Images_1445071066385_Pro_Ktm_Policeकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र मानव जातिप्रति समर्पित, कानुनद्वारा निर्देशित, कर्तव्यबाट अभिप्रेरित सङ्गठनको रुपमा नेपाल प्रहरी रहेको बताएका छन् । साठीऔँ प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले राजनीतिक हस्तक्षेपबाट मुक्त, कर्तव्य र कानुनका उद्देश्यद्वारा निर्देशित र सञ्चालित सङ्गठनको रुपमा थप सुदृढ र विस्तार गर्न नेपाल प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘आफ्ना कर्तव्य, देश, जनता, मानव जातिप्रतिको निष्ठा कानुनको परिधिमा बिना बाह्य हस्तक्षेप, समर्पित भएर स्वतन्त्र ढङ्गले अत्यन्तै जिम्मेवारीका साथ भेदभाव र पक्षपात नगरी, कुनै पनि प्रकारको भावना नलिइकन काम गर्न निर्देशन दिन चाहन्छु ।’ कानुनी राज्य, देश जनता र कर्तव्य निष्ठाप्रति अडिग रहनु नै भनसुन र हस्तक्षेप जस्ता कुराबाट मुक्त हुने आधार तयार पार्नु हो भन्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल प्रहरी लैङ्गिक समानताको हिसाबले उदाहरणीय बनेको छ । यसको छवीलाई अझ चम्किलो बनाउनु आवश्यक छ ।’ नेपाल प्रहरीको वृत्ति विकास, क्षमता अभिवृद्धि र साधन स्रोत उपलब्ध गराउन र प्रभावकारिता, मर्यादा र दक्षता अभिवृद्धिको निम्ति सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने विश्वास प्रधानमन्त्री ओलीले दिलाए । शान्ति सुरुक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र न्याय निरुपणका लागि अग्रपङ्क्तिमा रहेर प्रहरीले खेल्दै आएको भूमिका प्रसंशनीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले देशभित्र मात्रै होइन विश्व समुदायमासमेत नेपाल प्रहरीले आफूलाई कर्तव्यपालना र अनुशासित सङ्गठनको पर्यायवाचीको रुपमा स्थापित गराएको उल्लेख गरे । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नागरिक सुरक्षाको दृष्टिले प्रहरी नागरिकको पर्यायवाची बन्नुका साथै समाजको अभिन्न अङ्ग र ऐना बन्न सफल भएको बताए । समारोहमा यस वर्ष कैलालीको टीकापुर घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीका परिवारजनलाई सम्मान गर्नुका साथै राज्य र प्रहरी सङ्गठनका तर्फबाट उपलब्ध गराएको रकम प्रदान गरिएको थियो । साथै विभिन्न घटनामा परी वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई कदरपत्र र आर्थिक सहयोग प्रदान गरिएको थियो । यस्तै नेपाल प्रहरी श्रीमती सङ्घबाट अमर प्रहरी र वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई राहत वितरण गरिएको थियो । समारोहमा प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयको हातामा रहेको प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै प्रहरीद्वारा प्रकाशित ‘प्रहरी दर्पण २०७२’ लोकापर्णण गरे । समारोहमा ‘लाइफ टाइम अचिभमेन्ट अर्वाड २०७२’ पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अनन्तराम भट्टराईलाई प्रदान गरिएको थियो । स्थानीय तहसम्म उपस्थिति रहेको नेपाल प्रहरीको हाल ६७ हजार जनशक्ति रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies