Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आन्दोलनकारीद्वारा खाद्य उद्योगमा लुटपाट, प्रहरीद्धारा १९ राउण्ड हवाइ फायर

\"parsa\"पर्सा । बन्द अवज्ञा गरेको भन्दै पर्साको बहुअर्वाभाठा गाविस–७ मा रहेको श्री गणेश खाद्य उद्योगमा आज बिहान आन्दोलनकारीको एक समूहले तोडफोड गरी धान लुटेर लगेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दलाई अवज्ञा गरी उद्योगले रातिराति चामल बिक्री गरेको भन्दै आन्दोलनकारीले खाद्य उद्योगमा तोडफोड गर्नुको साथै १५० बोरा धानसमेत लुटी लगेको प्रहरीले जनाएको छ । खाद्य उद्योगको कार्यालय, भान्सालगायतको स्थानमा तोडफोड गर्दै गोदाममा राखिएको धानलाई आन्दोलनकारीले साइकल प्रयोग गरी लुटी लगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिए । उनले उद्योगमा भइरहेको लुटपाटलाई नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारीले प्रहरीलाई लक्षित गर्दै ढुङ्गा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन १९ राउण्ड हवाई फायर गर्नुपरेको बताए । भिडलाई तितरबितर पार्न सशस्त्र प्रहरीको तर्फबाट सानो तथा ठूलो हतियारबाट  १५  राउण्ड र  नेपाल प्रहरीले चार राउण्ड हवाई फायर गरेको प्रवक्ता बोगटीले जानकारी दिए । आन्दोलनकारीले उद्योगभित्र रहेको सामान तोडफोड गरेपछि गोदाममा राखिएको धानको बोरा साइकलमा लोड गरी लगेको उद्योगका कर्मचारी जाकिर हुसैनले बताए । उनले आन्दोलनकारीको आक्रमण तथा लुटपाटबाट रु ६० देखि ७० हजार बराबरको धनमाल क्षति भएको बताए । उद्योगबाट लुट्नका लागि साइकलमा लोड गरिएको दर्जर्नौ बोरा धान खेत, सडक र नजिकैको विभिन्न स्थानबाट बरामद गरी उद्योगमा राखेको प्रहरीले जनाएको छ । स्थिति हाल नियन्त्रणमा रहेको र घटनामा संलग्न रहेकाको खोजी भइरहेको प्रवक्ता बोगटीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies