Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपाल वायु सेवा निगमले एक लाख पचास हजार टन इन्धन ल्यायो , वीरगन्ज नाका नखुल्दासम्म आयात सहज नहुने

\"Nepal-Airlines-A320-2015-a-400\"काठमाडौ । भारतले अघोषितरुपमा नाकाबन्दी लगाएपछि नेपाल वायु सेवा निगमले हालसम्म करिब एक लाख ५० हजार टन पेट्रोलियम पदार्थ आयात गरेको छ । नेपाल आयल निगमसँग द्विपक्षीय सहमति गरेर निगमले सात दिनका लागि आन्तरिक उडान भर्न पुग्ने इन्धन ल्याएको जनाएको छ । चाडबाडको समयमा हवाइ यात्रुलाई सहज ढङ्गले गन्तव्यमा पु¥याउन आयल निगमले नेपाल वायु सेवा निगमसँग सहकार्य गरी इन्धन आपूर्ति गरेको हो । स्थलमार्गबाट इन्धन ल्याउन कठिनाइ भएपछि नेपाल आयल निगमले नेपाल वायु सेवा निगमलाई इन्धन ल्याइदिन गरेको आग्रहअनुसार नै दैनिक एक उडानमार्फत आयात गरिएको छ । भारतको कोलकातास्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट सिधै इन्धन खरिद गरी जहाजमा ल्याइरहेको छ । निगमले बिहीबार एक उडान गरी ३३ टन, शुक्रबार ३० टन इन्धन ल्याएको छ । निगमको बोइङले कोलकाताबाट ल्याएको इन्धन आयल निगमले आन्तरिक वायुसेवा कम्पनीका जहाजलाई उपलब्ध गराएको छ । ‘आन्तरिक उडानलाई समस्या नपरोस् भनेर हामीले सामाजिक तथा व्यावसायिक दुवै हिसाबले इन्धन आयात गरिरहेका छौँ । आवश्यक पर्दा दैनिक दुई उडान गरेर भए पनि आयात गरिएको छ ।’ रासससँग कुराकानी गर्दै नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले भने, ‘‘हालसम्म हामीले आयल निगम एक लाख ५० हजार टनभन्दा बढी इन्धन आयात गरिसकेका छौँ ।’ फुलपातीको दिनसम्म इन्धन आयात गर्ने लक्ष्य निगमले राखेको छ । दैनिक दुई उडान गर्दा ६६ टन इन्धन आयात हुनसक्छ । आन्तरिक उडानमा रहेका हवाई सेवा प्रदायकका जहाजलाई दैनिक ५० हजार लिटर हवाइ इन्धन आवश्यक पर्छ । अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई भने निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्धन दिन बन्द गरेको छ । वायु सेवा निगमका प्रवक्ता शर्माका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङ जहाजबाट मात्र इन्धन ढुवानी गरिएको छ । दसैँसम्म निगमले कुल ३३० टन इन्धन ल्याउने जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले भारतसँग जोडिएको मुख्य नाका सञ्चालनमा नआउँदासम्म इन्धन आयात सहज हुन नसक्ने र समस्या कायमै रहने भएकाले राजनीतिक र कुटनीतिक तबरबाटै समस्याको समाधान हुनुपर्ने बताए । जनजीवन सहज हुन दैनिक ३५० ट्याङ्क्र इन्धन आयात हुनुपर्छ । पछिल्लो दिनमा इन्धनसँगै खाना पकाउने एलपी ग्याँसको समेत चरम सङ्कट देखिएको छ । प्रवक्ता बरालले वीरगन्ज नाका नखुल्दासम्म ग्याँसको समेत सहज आयात नहुने र समस्या कायम रहने उल्लेख गरे। निगमले आफ्नो तर्फबाट पहल गरिरहेको छ । हामीले निर्देशक मुकुन्द घिमिरेलाई द्विपक्षीय संवादका लागि इन्डियन आयल कर्पोरेशनमा पठाएका छौँ । हाम्रो तर्फबाट पहल जारी छ, तर हामीले मात्रै पहल गरेर समस्याको समाधान हुने देखिएन । राजनीतिक तबरबाटै समस्याको समाधान गर्नेतर्फ प्रयत्न गरिनुपर्छ– प्रवक्ता बरालले भने । निगमले शुक्रबार काठमाडौँ उपत्यकाका आठवटा पेट्रोल पम्पलाई कुल ३० हजार लिटर पेट्रोल उपलब्ध गराएको थियो । काठमाडौँ उपत्यका र आसपासका विभिन्न जिल्लाका ८३ वटा पम्पलाई कुल तीन लाख ७१ हजार लिटर डिजल उपलब्ध गराएको थियो । मागअनुसारको आपूर्ति हुन नसक्दा निगमले उपलब्ध गराउने इन्धन वितरणमा समेत समस्या पैदा भएको छ । लामो लाइनको व्यवस्थापन गरेर सहजरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन पम्पहरूलाई समेत समस्या भएको छ । निगमले बिहीबार विभिन्न नाकाबाट कुल १९५ वटा ट्याङकर भारत पठाएकामा ७७ वटा ट्याङ्करमा इन्धन लोड भएको र ४६ वटा ट्याङकरको मात्रै भन्सार जाँच भएको जनाएको छ । शुक्रबार दुई सयभन्दा बढी ट्याङ्कर भारत गएको र एक सय ट्याङ्करमा इन्धन लोड भएको थियो । निगमले आज ५० ट्याङ्कर मात्रै इन्धन लोड भएको जनाएको छ । भारतबाट सिमित मात्रामा आएको पेट्रोलियम पदार्थ ‘हात्तीको मुखमा जिरा’ भने जस्तै भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजी पेट्रोल पम्पका अगाडि हजाराँैको सङ्ख्यामा सवारी साधन इन्धनको खोजीमा लाइन लागेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies