Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सरकार विस्तार अन्योलमा, दलहरु आन्तरिक छलफलमा व्यस्त

काठमाडौँ । सत्ता साझेदार दलले मन्त्रिमण्डलमा सहभागी गराउने नेताहरुको विषयमा अन्तिम निर्णय गर्न नसक्दा सरकार विस्तार हुन अझै केही दिन लाग्ने भएको छ ।

\"Prachand,-Sushil-and-KP-Oli\"सरकारको प्रमुख घटक नेकपा एमाले र एकीकृत नेकपा माओवादीले मन्त्रीको चयन गर्न नसक्दा सरकार विस्तारको प्रक्रिया अझै केही दिन विलम्ब हुने देखिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली यही असोज २४ गते प्रधानमन्त्री निर्वाचित हुनुभएपछि तत्कालै सरकार विस्तार हुने र मुलुकले भोग्नुपरेको समस्या समाधानमा केन्द्रित हुने अपेक्षा गरिए पनि दलहरुबीच आन्तरिक रुपमा निर्णय गर्न समय लागेका कारण अन्योल बढेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई शपथ गराइसक्नुभएको छ । यस्तै, एमाओवादी र एमालेका केही मन्त्रीले सपथ लिनुभए पनि सरकार विस्तार हुन सकेको छैन । एमाओवादीलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने समझदारी भइसकेको छ । तर सो पदमा कसलाई पठाउने भन्ने विषयमा छलफल जारी रहेको एमाओवादीले जनाएको छ । एमाओवादीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले छलफल जारी रहेको र आइतबारसम्म अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डलमा सहभागी हुने सदस्यहरुको अन्तिम टुङ्गो लगाउन सक्ने जानकारी दिए । नेकपा एमालेको पनि आन्तरिक छलफल जारी रहेका कारण सरकार विस्तार गर्न एक दुई दिन लाग्न सक्ने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। उनले सरकारमा सहभागी दलहरुसँग आन्तरिक छलफल गरेर एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गरिने बताए । सरकार विस्तार नहुँदा चाडबाडको समयमा विभिन्न मन्त्रालयले सम्पादन गर्नुपर्ने कामसमेत प्रभावित भएको छ भने प्रधानमन्त्रीले धेरै मन्त्रालयको कामसमेत हेर्नुपर्दा असहज भएको छ । एमाओवादीले उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालयको जिम्मा दिएर पार्टी सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी गराउने बताएको छ । यस्तै, नेताहरु सापकोटा, शक्तिबहादुर बस्नेतलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । यसअघि कोषाध्यक्ष हरिबोल गजुरेललाई कृषि विकास मन्त्रालयको जिम्मा दिइसकेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending