Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रहरीले ‘अपराध र अपराधिलाई कोपिलामै निमोठ्ने’

\"Nepalकाठमाडौँ । महानगरीय प्रहरी परिसर, काठमाडौँले राजधानीमा सङ्गठित अपराध र अपराधिलाई समुल नष्ट गर्न अपराधलाई कोपिलामै निमोठ्ने नीति (ब्रोकन विन्डो थ्योरी) अपनाउने भएको छ ।

प्रहरी परिसर, टेकुमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जनताको मनमस्तिष्क जित्न प्रहरीमा देखिएको उदासिनता, अश्लिल शब्दको प्रयोग गर्ने, शारीरिक यातना दिने, भ्रष्टाचार र अपहेलना गर्नेजस्ता रोग निवारण गरी ‘मुस्कानसहितको प्रहरी सेवा’लाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरियो ।

पत्रकार सम्मेलनमा भर्खरै काठमाडौँको प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले आफ्नो कार्यकालमा कुनै पनि अराजक समूहसँग कुनै किसिमको सम्झौता नगर्ने भन्दै हतियारको दम्भ देखाएर आम नागरिकलाई अशान्ति दिनेलाई ‘सुटआउट’सम्म गर्न सकिने जानकारी दिए । उनले भने, ‘जनताको सुरक्षाका लागि जागिर र जीवन नै गुमाउनुपरे पनि आपत्ति छैन ।’

साथै, संविधान जारी भएपछि असन्तुष्ट पक्षद्वारा गरिने क्रियाकलापको सामना गर्नका निम्ति वैज्ञानिक ढङ्गले सुरक्षा रणनीति बनाइ सहज व्यवस्थापन गर्ने पनि सो अवसरमा बताइयो ।

आउन लागेको दसैँ, तिहार, छठ आदि चाडपर्वलाई मध्यनजर राख्दै ल्याइएको विशेष सुरक्षा योजनाबारे पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसअनुसार मठ मन्दिरको सुरक्षा, खसी बजारको सुरक्षा, बजार सुरक्षा, भुइँचम्पा, पटका, आतसबाजी नियन्त्रण, खाद्यान्नमा अखाद्य वस्तुको मिसावट तथा कालोबजारी नियन्त्रण, सार्वजनिक यातायातको सुरक्षा, अवैध जुवातास, क्यासिनोमा नेपाली प्रवेशलाई रोक लगाउनेलगायतका क्षेत्रमा प्रहरीले विशेष ध्यान पु¥याउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending