Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

मन्त्री चयनमा एमाओवादीका दलित र थारु नेता असन्तुष्ट

\"parisdada-400\"काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी गराउँदा समावेशी तथा पिछडिएको जातिलाई उपेक्षा गरेको भन्दै थारु तथा दलित नेताहरु रिसाएका छन् ।   नयाँ संविधान तथा पार्टी नीतिमा समावेशी सिद्धान्तको कुरा गरेपनि प्रतिनिधित्व नभएको भन्दै उनीहरु रिसाएका हुन् । एकीकृत नेकपा माओवादीले पार्टीको कोटामा परेका आठवटा मन्त्रालयमा मन्त्रीहरुको टुंगो आइतबार लगाएपछि यस्तो अवस्था आएको हो ।   पार्टीले सरकारमा पठाएका मन्त्रीहरुमा दलित र थारु समुदायको प्रतिनिधित्व छैन । उसो त पार्टीका सबैजसो उपल्लो स्तरका नेताहरुलाई प्रधावशाली मन्त्रालय चाहिएको भन्दै झण्डै १ हप्ता लफडा भएपछि एमाओवादीले आइतबार पार्टीका तर्फबाट ७ नेताहरुलाई मन्त्रीमा सिफारिश गरेको थियो । उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझी, गृहमन्त्रीमा शक्ति बस्नेत, शिक्षामा गिरिराजमणी पोखरेल, कृषिमा हरिबोल गजुरेल, वनमा अग्नि सापकोटा, आपुर्तिमा गणेशमान पुन, सामान्य प्रशासनमा रेखा शर्मा र सिचाइमा उमेश यादवलाई पठाएको छ ।   दलित नेता तथा सांसद दलजित सिर्पालीले पार्टीले सरकारमा दलितको प्रतिनिधित्व नगराएको भन्दै रोष प्रकट गरेका छन् । उनले सामाजिक संजाल फेसबुकबाट लेखेका छन्, –‘ब्रहमाणवादी उच्चजातीय अहँकारवादीहरूको जीत र उत्पिडीत वर्गरक्षेत्र र समुदायको हार( आजको मन्तरीमन्डल बिस्तार ’ ।   त्यस्तै थारु नेताहरु पनि प्रतिनिधित्वको सबाललाई लिएर खुशी छैनन् । दलित तथा थारुका नेताहरुसँग प्रतिकृया लिन खोज्दा उनिहरुले आफ्नो असन्तुष्टी रहेको तर पार्टीमै छलफल गर्ने बताए ।   उसो त एमाओवादीले सरकारमा सहभागी गराएका नेताहरु पोलिटव्यूरो भन्दा तलका छैनन् । केही मन्त्रीहरु दोहोरिएका समेत छन् । एमाओवादी वृतमा उपल्ला नेताहरुले मात्रै अवसर पाइरहने हो भने अरु तलकाले किन राजनीति गर्ने भन्ने प्रश्न समेत उठ्न थालेको छ । पटकपटक मन्त्री भइसकेकाहरुलाई कटाएर समावेशी रुपमा किन जिम्मेवारी नदिएको भनेर दलित तथा थारु समुदाय अचम्ममा परेका समेत दलित नेताहरुले बताए ।   एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमा छुटेका जाति र समुदायको प्रतिनिधित्व राज्यमन्त्रीहरु समेट्ने आश्वासन दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE