Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

उपप्रधानमन्त्री एवंम परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वामा वार्ता समिति

काठमाडौं । सरकारले दुई महिनादेखि आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट लगायतका सँग वार्ताका लागि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वामा वार्ता समिति बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको वार्ता समितिमा कानुनमन्त्री अग्नि खरेल एमाले, सामान्य प्रशासनमन्त्री रेखा शर्मा एमाओवादी र बिनाविभागीय मन्त्री रामजनम चौधरी फोरम लोकतान्त्रिक छन् ।प्रतिपक्षी नेपाली कांग्रेसबाट एकजना सदस्य समितिमा राखिने बिनाविभागीय मन्त्री चौधरीले बताए ।\"kamal-thapa-1\" काग्रेससँग कुराकानी गरेर वार्ता समितिमा सदस्य थप्ने जिम्मेवारी प्रधानमन्त्रीलाई बैठकले दिएको छ, चौधरीले भने, कांग्रेसबाट नाम आएपछि वार्ता समितिले पूर्णता पाउनेछ । अघिल्लो सरकारको पालामा तत्कालीन वनमन्त्री महेश आचार्य, एमालेबाट अग्नि खरेल र एमाओवादीबाट नारायणकाजी श्रेष्ठ रहेको वार्ता टोलीले मोर्चासँग पटक(पटक अनौपचारिक वार्ता गरेको थियो । असोज २४ गते निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २९ गते मधेसी मोर्चालाई आन्दोलन रोकेर वार्तामा आउन पत्राचार गरेको थियो । प्रत्युत्तरमा आइतबार   मोर्चाले वार्तामा बस्न तयार रहे पनि आन्दोलन रोक्न नसकिने भन्दै पत्राचार गरेको थियो । मोर्चाले यसअघि नै लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल सहितको ४ सदस्यीय वार्ता समिति गठन गरिसकेको छ । मोर्चासँग पहिला वार्ताको वातावरण बनाउँछौं, वार्ता समिति सदस्यसमेत रहेका मन्त्री चौधरीले भने, प्राविधिक कुराहरू मिलाएर मात्रै मुद्दामा प्रवेश गर्छौं । उनले प्रधानमन्त्रीले गो हेडु भनेको भन्दै वार्ताको वातावरण बनाउन समस्या नहुने दाबी गरे । भारत भ्रमणबाट आजै फर्केका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले मन्त्रिपरिषद् बैठकमा भारतीय नेताहरूसँग भएका कुराकानीबारे ब्रिफ गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending