Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

अर्को कीर्तिमान नजिक नेपाली कांग्रेस

\"Sushil\"काठमाडौं । दुई तिहाईले प्रधानमन्त्रीमा निर्वाचित भएका सुशील कोइरालाले पुनः प्रधानमन्त्रीमा उम्मेदवार बन्दै लज्जास्पद पराजय बेहोरेको १७ दिनपछि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस फेरि अर्को लज्जास्पद र कीर्तिमानी हारको निकट उभिएको छ ।   संविधान जारी गरेर एकाएक शिखरमा पुगेका उनै कोइरालाले सहमति विपरीत प्रधानमन्त्रीमा र्याल चुहाउँदै उम्मेदवारी दिएपछि पार्टीभित्रै आलोचना मात्र भएन, अधिकांश कांग्रेसीले मन दुखाए । कारण थियो, ऐतिहासिक संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका एकैपटक माटोमा मिलाएकोप्रति । संविधान जारी गरे पनि पुनः पदको लागि लोभ देखाएपछि कोइराला यतिखेर पार्टीभित्र तीव्र आलोचनाका पात्र भएका छन् ।   यही आलोचनामा फेरि अर्को थप गुनासो र असान्दर्भिक कदम भन्दै विरोध हुन थालेको हो । त्यो, हो राष्ट्रपति निर्वाचनमा उम्मेदवारी छ । प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिका लागि पनि बैठक गर्ने, अन्य दलसँग संवाद गर्ने र विगतको कमजोरी स्वीकारेर अघि बढ्न केन्द्रीय सदस्यले सुझाए पनि कोइराला नेतृत्व कर्मकाण्डी बन्दै कोठे राजनीतिमा लागेपछि सदस्यहरु क्रुद्ध भएका हुन् ।   ‘विगतका कमजोरी स्वीकार्दै आत्मआलोचना गरे राष्ट्रपतिमा सघाउन तयार रहेको एमाले र एमाओवादीका नेताले सार्वजनिक रुपमा बोल्दासमेत हाम्रो नेतृत्व आफ्नै कमजोरी स्वीकारेर राष्ट्रपति आफ्नो पार्टीबाट बनाउन अग्रसर भएन’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘अघिल्लो पटक दुई तिहाईले प्रधानमन्त्रीमा चुनिने उनै कोइरालाले प्रधानमन्त्रीमा लज्जास्पद पराजय बेहोरे । संसदमा २०७ सिट भएको सबैभन्दा ठूलो दल फेरि राष्ट्रपतिमा पनि उस्तै गरी कीर्तिमानी हारको नजिक छ ।’ समयको राप र तापलाई पार्टीले नबुझ्दा पार्टीले एकपछि अर्को पराजयको कीर्तिमानी बेहार्नुपरेको ती नेताको टिप्पणी छ । समयमा पार्टीले पहल नथाल्दा सबैभन्दा ठूलो पार्टी भएर पनि राष्ट्रपतिको चुनावमा अन्य कुनै पनि खुलेर समर्थन गर्न नसक्नु नेतृत्वको लाचारी र कमजोरी रहेको ती नेताको भनाई छ ।   प्रधानमन्त्रीमा भोट हालेका आन्दोलनरत मधेस केन्द्रित दलहरुलाईसमेत आफ्नो उममेदवारलाई भोट हाल्न ल्याउन नसक्नु पार्टी नेतृत्वको प्रष्ट कमजोरी भएको ती नेताले बताए । ‘प्रधानमन्त्रीमा मधेस केन्द्रित दलहरुलाई हाम्रो उम्मेदवारलाई भोट हाले तर, राष्ट्रपतिका लागि उनीहरुले भोट नहाल्ने निर्णय गरे’ तीन नेता भन्छन्, ‘पार्टीले समयमै बहस र छलफल गर्न सकेको भए भोट पाइन सकिने थियो ।’   कांग्रेसले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा उठाउने चर्चा गरे पनि प्रभावकारी पहलकदमी लिन सकेन । सभामुख र उपसभामुखमा उम्मेदवारी नदिई एमाले र एमाओवादीको संयुक्त उम्मेदवारलाई सहयोग गरे पनि पहिल्यै गल्ती गरेपछि यी दुवै दलले कांग्रेसलाई नपत्याएका हुन् । तसर्थ, राष्ट्रपतिमामा सबैभन्दा ठूला दल फेरि पनि चिप्लने संघारमा पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy