Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अफगानिस्तानमा गएको भूकम्पमा २८८ को मृत्यु, पाकिस्तानमा मात्र २१४ मारिए

\"earthquake\"इस्लामाबाद । अफगानिस्तानको हिन्दकुस पर्वत इलाकामा केन्द्र विन्दु भई सोमबार गएको ७.५ रिक्टर स्केटको भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या करिब २८८ पुगेको समाचार छ । यस प्रकोपमा परी मारिएका व्यक्तिको मृतकको सङ्ख्याका साथै क्षतिको विस्तृत विवरण भने अmभैm पनि प्राप्त भई नसकेको बताइएको छ । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गएको यस भूकम्पमा परी पाकिस्तानका मात्र २१४ जना नागरिकको मृत्यु भएको जनाइएको छ । साथै अन्य १ हजार ८०० भन्दाबढी व्यक्ति घाइते भएका पाकिस्तानको प्रकोप व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् । तर अफगान अधिकारीहरुले भने अफगानिस्तानतर्फ यस भूकम्पमा परी ६३ मात्र व्यक्तिको मृत्यु हुनुको साथै सयौँ व्यक्ति घाइते भएका बताएका छन् । अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये करिब एक दर्जन प्रान्तमा यो हताहतको सङ्ख्या प्राप्त भएको बताइएको छ । प्रारम्भिक समाचार अनुसार यस भूकम्पबाट अफगानस्तिानको बादखसान, तखार नानगार्हार र कुनार प्रान्तमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको जनाइएको छ । टेलिफोन लाइन र अन्य सञ्चारमाध्यको सम्पर्क पनि विच्छेद भएको हुनाले अन्य विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार यो भूकम्प ७।५ रिक्टर स्केलको मापन गरिएको छ । दुर्गम क्षेत्रमा रहेको उत्तरी तखार प्रान्तमा एक बिद्यालय भवन भत्किँदा त्यहाँबाट भाग्न खोजेका १६ बर्ष भन्दामुनिका करिब एक दर्जन बालिकाको मृत्यु भएको जनाइएको छ । अफगानिस्तानमा यसअघि पनि सन् २००५ को अक्टोबरमा यस्तै शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी सात हजार ५०० नागरि मारिएका थिए । साथै सो भूकम्पले गर्दा ३५ लाख नागरिक घरबारबिहीन बनेका थिए । त्यसअघि यसै वर्षको मे महिनामा नेपालमा पनि यस्तै शक्तिशाली भूकम्प गएको थियो । त्यसमा परी आठ हजार ९०० मानिस मारिएका थिए । यसका कारण पहिरोको प्रकोप पनि बढेको बताइएको थियो । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies