Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

केपी ओलीलाई हराउनलाई मात्रै निर्वाचनमा गएका हौ, राष्ट्रपति निर्वाचनमा जादैनौः कर्ण

\"laxman\"काठमाडौं । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ता टोलीका सदस्य एवम सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई परास्त गर्न मात्रै प्रधानमन्त्री निर्वाचनमा मत हाल्न गएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा ,‘कहिले मधेसीलाई यूपि र विहारी भन्ने, कहिले आन्दोलनले माँखो पनि भाच्दैन भनेर मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई हराउन मात्र हामी निर्वाचनमा भाग लिन गएका हौ । केपी ओलीको ठाँउमा अरु उम्मेदवार भएको भए नजान पनि सक्थ्यौ’ उनले भने,‘ओलीजी हारेको भए मधेसीहरुको मनको पीडा पनि कम हुन्थ्यो । सबक सिकाउन गएका थियौ तर सकेनौ ।’ उनले राष्ट्रपति पदमा आफूहरुको उम्मेदवार नभएको र अरु दलले पनि आफूहरुसँग कुनै प्रस्ताव नराखेकोले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा सहभागि नहुने स्पष्ट पार्दै भने,‘अहिलेसम्म हामीलाई कसैले वास्ता पनि गरेको छैन त्यसैले सहभागि पनि हुँदैनौ ।’ यो सरकारलाई घुडा नटेकाई आन्दोलन नरोक्ने स्पष्ट पार्दै उनले भने,‘ यस्तै अवस्था रहे हेर्दै जानुस आगामि पन्ध्र दिनसम्म पनि यो सरकार टिक्दैन ।’ कर्णले मुलुकमा आपूर्ति ब्यवस्था सहज बनाउने, शान्ति सुरक्षा कायम गर्ने दायित्व सरकारको भएपनि यसमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै यस्तो अवस्थामा कि आन्दोलनका माग संबोधन कि सत्ता छाड्नु पर्ने धारणा राखे । उनले मधेसीलाई वार्ता विरोधी भन्ने आरोप लगाएकोले आफूहरु वार्तामा आएपनि सरकार वार्ताकोलागि गंभिर नभएको आरोप लगाउँदै सरकारले आफूहरुको राजनीतिक मागलाई समेटेर स्पष्ट एजेण्डा ल्याए वार्ता निर्णायक चरणमा प्रवेश गर्न सक्ने विश्वास ब्यक्त गरे । कर्णले भने,‘सरकार एजेण्डा नै ल्याउँदैन । एजेण्डा ल्याएपो मान्ने नमान्ने भन्ने हुन्छ । सीमांकन आयोगबाट टुङग्याउला भन्छ । आयोग प्रति हामीलाई विश्वास छैन ।हिजो काग्रेस र एमालेले पनि आयोगको निर्णय नमानेकै हुन ,उनले भने । सञ्चारकर्मीको जिज्ञासामा उनले उत्तरी छिमेकी चीनसँग जोडिएका सीमानाका सुचारु भए पनि आफूहरुले अवरुद्ध गर्न नसक्ने स्पष्ट पारे । बार्ता टोलीका अर्का सदस्य एवम तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता राम नरेश राय यादवले मधेस आन्दोलन अझै शसक्त र निर्णायक हुने दावी गर्दैै यो वर्षको धान कटाई र गहू छर्ने भन्दा पनि मधेसी जनतालाई आफ्नो अधिकारको मतलब भएको स्पष्ट पारे । उनले अघिल्लो वार्तांमा वार्ताको बातावरण बनाउन राखिएको पाँच सर्तमा सरकारी बार्ता टोलीले प्रतिबद्धता ब्यक्त गरेको भन्दै सरकारले चाँहे आफूहरु निर्णायक वार्ताकोलागि जतिबेला पनि तयार रहेको बताए । यादवले भने,‘बार्ता टोली पुरानै कुरा दोहोर्याउँछ । सुशील कोइराला नेतृत्वको सरकारले गरेको निर्णय पनि कार्यान्वयन गर्दैन । अब मधेसी जनता भोट हाल्ने र कर तिने काम गरेर मात्रै बस्न सक्दैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy