Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

इन्धन सङ्कट समाधानका लागि के गर्दै छ सरकार ?

\"nepal-oil-nigam\"काठमाडौं । सरकारले लामो समयदेखिको इन्धन सङ्कट समाधानका लागि कूटनीतिक पहल जारी राखेको जनाएको छ । नेपाल आयल निगमसँग मौज्दात इन्धनको समुचित वितरण प्रणाली अपनाएको भए पनि भारतबाट निरन्तर आपूर्तिमा असहज भएपछि भारतको विकल्पबारे विभिन्न तहमा पहल जारी रहेको बताइएको छ । भारतका नाकाबाट सहज आपूर्ति नभएपछि सरकारले चीनबाट इन्धन आपूर्ति गर्नका लागि सरकारी टोली त्यहाँ गएर विभिन्न तहमा वार्ता जारी रहेको उल्लेख गर्दै चाँडै समस्याको समाधान हुने विश्वास लिइएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल आयल निगमले भारतको नाकामा अड्किएका ग्यासका बुलेट तथा पेट्रोलियम पदार्थका ट्याङ्कर वैकल्पिक बाटो प्रयोग गरेर ल्याउने कोसिस जारी राखिएको बताए । सरकारले विभिन्न तहबाट इन्धन आपूर्तिका लागि प्रयास जारी राखेको उल्लेख गर्दै चीनले उपलब्ध गराउने भनेको अनुदानको करिब १३ लाख लिटर इन्धन आयात गर्ने प्रक्रियाका विषयमा छलफल भएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए । उहाँले नेपाल सरकार र चीन सरकारबीच हुने सम्झौताले इन्धन आपूर्ति गर्ने बाटो खोल्ने विश्वास व्यक्त गरे । नेपाललाई दैनिक ३५० ट्याङ्कर इन्धन आवश्यक पर्ने भएपनि भारतबाट एकाध ट्याङ्कर मात्र इन्धन भित्रिएको छ । चीनबाट खाना पकाउने एलपी ग्यास आयात गर्दा भारतको भन्दा सस्तो पर्ने एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । उहाँका अनुसार भारतबाट आयात गरिएको १४.२ केजीको एक सिलिन्डरको रु एक हजार ४०० पर्ने ग्यास चीनको सिगात्सेबाट ग्यास आयात गर्दा रु एक हजार ३०० सम्ममा उपलब्ध हुनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies