Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

‘नयाँ शक्ति’ को पहेली

\"manikar_article\"पछिल्लो राजनीतिक परिदृष्यमा एकीकृत माओवादीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी परित्यागको घटना चर्चाको शिखरमा छ । यसपालीको दसैं बिदाको बसिबिँयालोमा गाउँघरदेखि सहरबजारसम्म गफ गर्ने विषय भारतीय नाकाबन्दी र डा. भट्टराईको पार्टी परित्याग बन्न पुग्यो । कतिले यी दुई परिघटनालाई जर्बजस्त रुपमा जोडेर हेरेको पनि देखियो । तर, सरसर्ती हेर्दा यी दुई परिघटनाबीच कुनै सम्बन्ध स्थापित गर्न सकिंदैन । यी दुई घटनाबीच आकस्मिकता र संयोगबाहेक खास सम्बन्ध स्थापित हुन सकेको छैन पनि । तथापि आरोप लगाउनेहरुले निरन्तर रुपमा पक्षधरताको आरोप लगाइरहेका छन् । त्यसो भए बाबुरामले किन पार्टी छाडे ? प्रश्न सर्वत्र छ, तर यो प्रश्नको सरल जवाफ अझैसम्म पनि आउन सकेको छैन । कतिपय मान्छेहरु बाबुरामले पार्टी छाडेसँगै उनको राजनीतिक जीवन नै सकिएको तर्क गर्न पनि पछि परेका छैनन् भने अर्काथरी मान्छेहरु भने बाबुरामले अब माक्र्सवाद छाड्नेछन् र पूँजीवादी पार्टी निर्माणमा लाग्नेछन् भनेर धुपबत्ति बालिरहेका भेटिन्छन् । तथापि उनले पार्टी परित्याग गरेपछिको समय सबै राजनीतिक र गैरराजनीतिक समुदाय, समूह, बुद्धिजीवी, पेशाकर्मी, उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरिरहेका छन् । उनले सबै पक्षसँग छलफल र संवाद जारी राखेका छन् । त्यो संवादको निश्कर्षको रुपमा उनले भन्दै आएको नयाँ शक्ति निर्माणको आधार तय हुने अनुमान गर्न भने सकिन्छ ।
डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको बहस चलाउँदै गर्दा बाबुराम भट्टराई एउटा बौद्धिक व्यक्तित्व भएकै कारण उनले सोचेका सबै कुरा राम्रा र ग्रहणीय हुन्छन् भन्ने आशय प्रदर्शन गर्नु जरुरी छैन । उनले लिएका विचार समय सान्दर्भिक छन् या छैनन् ? ती मुद्दाहरुले अहिलेको वर्तमान यथार्थलाई प्रतिविम्बित गरेका छन् या छैनन् ? त्यो विषयले मुलुकका जल्दाबल्दा समस्याहरु हल गर्छन् वा गर्दैनन् ? यस आधारमा गरिने समर्थन र विरोध गर्दा मात्र सहि साबित हुनेछ ।
त्यसो त उनको नया“ शक्ति निर्माणको प्रसङ्ग यसअघि पनि धेरैपटक सुनिएको पनि हो । खासगरी दोस्रो संविधानसभाको चुनावपछि जसरी माओवादीले अकल्पनीय पराजय बेहोर्नु प¥यो, त्यसैबेलादेखि माओवादी पुनःनिर्माणको प्रश्न उब्जेको हो । अनि पुनःनिर्माणको प्रसंगसँगै नयाँ शक्तिको कुरा पनि सुनिएको हो । अनि एकीकृत माओवादीकै ब्यानरमा नया“ शक्ति निर्माणको संभावना पनि पटकपटक सुनिएकै कुरा हो । खासमा पार्टीलाई नयाँ शक्तिकै रुपमा विकास गर्न भन्दै एकीकृत माओवादीले ०७० वैशाखमा विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना पनि ग¥यो । तर, त्यही सम्मेलनले पार्टीभित्रको विवाद संस्थागत हुन पुग्यो र त्यसयता पार्टीभित्रको बाबुराम भट्टराईको खेमाले नया“ शक्ति निर्माणको विषयलाई जोडतोडका साथ उठाइरहेको थियो । हो, पछिल्लो समयमा संविधान निर्माणपछि एउटा राजनीतिक अध्याय पूरा भएको महशुस गर्दै फेरि नयाँ शक्ति निर्माणको प्रसंग स्वतन्त्र ढंगबाट उठेको मात्र हो । नत्र यो आजको कुरा होइन, विगत साँढे दुई वर्षदेखि विमर्शमै रहेको विषय हो । हिजोका दिनमा पनि नयाँ शक्तिको कुरा चल्दा त्यसको आवश्यकता र अपरिहार्यताको विषयमा भन्दा बाबुरामले पार्टी फुटाउन लागेको अर्थमा हेरियो । आज साँच्चिकै नयाँ परिवेशसँगै नयाँ शक्तिको आवश्यकता महशुस गरेरै पार्टी परित्याग गरी आफ्नै बुतामा नयाँ शक्ति निर्माणको कुरा गर्दा पनि कतिपय मान्छेहरुले नयाँ शक्तिको बहसलाई रचनात्मकता दिन अन्कनाइरहेका छन् । उनीहरु नयाँको आवश्यकता छ पनि भन्छन् तर त्यसका लागि लिइएको पहलकदमीलाई स्वीकार गर्न पनि हिचकिचाइरहेका छन् । खासमा यो नयाँ शक्ति निर्माणको प्रसंग नयाँको खोजी पक्कै हो, तर यो पुरानै बहसको निश्कर्षोन्मुख निरन्तरता हो भन्दा उचित होला । अनि यो नया“ शक्ति निर्माणको बहसको अन्तर्यमा मुलुक किन बन्न सकेन ? भन्ने प्रश्न नै मुख्य रुपमा मुखरित भएको छ । अहिलेसम्म हामीले राजनीतिक मुद्दालाई नै केन्द्रीय विषय बनायौं । तर, संविधान निर्माण भएसँगै उत्पीडित जाति र समुदायको छुटेका मुद्दाहरु संविधानको संशोधनमार्फत संवोधन भएसँगै एकहदसम्म राजनीतिक मुद्दा संस्थागत भएको मानिनेछ र अबको राजनीतिक एजेण्डा जनताको प्रत्यक्ष समृद्धि र प्रगतिसँग अन्तरसम्बन्धित हुनुपर्नेछ । यसका लागि आर्थिक विकास र समृद्धि अबको राजनीतिक मुद्दा बन्नुपर्नेछ । यदि आर्थिक उत्पादन, विकास, समृद्धि र प्रगतिका लागि राजनीति गर्ने हो भने अहिलेको पारम्परिक राजनीतिक पार्टीहरु र तिनका संरचना फरक हुनुपर्नेछ । पुरानै संस्कार र राजनीतिक पृष्ठभूमि बोकेका दलहरुले नयाँ ढंगको मुद्दा उठान गर्न सक्दैनन् र प्रकारान्तरले ती पनि पुरानै ढर्रा अनुसारै सञ्चालित हुनेछन् । आर्थिक विकास र प्रगतिका लागि साँच्चिकै आर्थिक मुद्दा बोक्ने व्यापक जनसहभागितामा आधारित राजनीतिक दल बन्नुपर्नेछ, जसले समृद्धि र प्रगतिका मुद्दाहरु उठान गर्न सक्षम हुनेछ र मुलुक आर्थिक रुपले समृद्धितर्फ अग्रसर हुनेछ । यही सैद्धान्तिक पृष्ठभूमिका आधारमा नयाँ शक्ति निर्माणको विषय उठेको हो । तर, यसको रचनात्मकतालाई पकडेर यसभित्रका अन्तरवस्तुहरुमा विमर्श गर्नुभन्दा हुन्छ या हुन्नकै शैलीमा नयाँ शक्ति निर्माणको विषय पनि एउटा पहेली बन्न पुगेको छ । राजनीतिमा कुनै विषयले प्रवेश पाउने बित्तीकै त्यो विषय बहसमा आउनुमा कुरा के हो ? के विषयमा बहस उठान भएको छ ? किन उठान भयो ? भन्ने सवालमाभन्दा पनि कसले बहस सञ्चालन गरिरहेको छ ? अथवा कसले उठान गरेको छ ? सोही व्यक्तिलाई हेरेर त्यसको ‘सान्दर्भिकता’ र ‘असान्दर्भिकता’ पुष्टि गर्ने एउटा रेडिमेड बुद्धिजीवीको तप्का पनि तयार भइरहेको छ, त्यही तप्काले यो गम्भीर विषयको बहसलाई पनि निकै हल्का बनाइदिएको छ । अहिले चलिरहेको नयाँ शक्ति निर्माणको बहसलाई अहिलेसम्म नेपाल किन बन्न सकेन ? किन हाम्रो मुलुक गरिब र अविकसित रहन गयो ? भन्ने मुद्दासँग जोडेर हेरियो भने हामीलाई नयाँ शक्तिको अपरिहार्यता दृष्टिगोचर हुन्छ नै । तर, आग्रही र पूर्वाग्रही भावनाले यसको बहसलाई हेरियो भने यो फगत एउटा दुस्साहस र अमूर्त चाहना प्रतीत हुनसक्छ । हो, यदि साँच्चिकै नयाँ शक्ति निर्माणको विषयलाई सार्थक बहस गर्ने हो भने, नेपाल आजसम्म बन्न नसक्नुको पछाडि के कति ठोस कारणहरु हुनसक्छन् ? अर्थात् इतिहासका विभिन्न कालखण्डहरुमा धेरै राजनीतिक परिवर्तनहरु भए तर पनि समग्र मुलुकको आर्थिक रुपान्तरण र प्रगतिको लागि किन मार्ग प्रशस्त हुन सकेन ? भन्ने सवालमा बहस छेंड्न जरुरी छ । यस अर्थमा पनि नयाँ शक्ति निर्माण र मुलुकको आर्थिक समृद्धि एकअर्कामा अन्तरनिहित विषय हुन् भन्ने लाग्छ । डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको बहस चलाउँदै गर्दा बाबुराम भट्टराई एउटा बौद्धिक व्यक्तित्व भएकै कारण उनले सोचेका सबै कुरा राम्रा र ग्रहणीय हुन्छन् भन्ने आशय प्रदर्शन गर्नु जरुरी छैन । उनले लिएका विचार समय सान्दर्भिक छन् या छैनन् ? ती मुद्दाहरुले अहिलेको वर्तमान यथार्थलाई प्रतिविम्बित गरेका छन् या छैनन् ? त्यो विषयले मुलुकका जल्दाबल्दा समस्याहरु हल गर्छन् वा गर्दैनन् ? यस आधारमा गरिने समर्थन र विरोध गर्दा मात्र सहि साबित हुनेछ । किनकि परिवर्तनका लागि सही विचारको बुझाई र क्रियाशीलता अत्यन्तै जरुरी हुन्छ । तर, अन्धभक्त भीडले विचारको गहिराई पनि बुझेको हुँदैन र उसले त्यसमा कुनै नयाँ भविष्य पनि देखेको हुँदैन उसले केवल नूनको सोझोका लागि समर्थन मात्रै गरिरहन्छ । यथार्थमा त्यस्तो भीडले केवल चाटुकारितामा मात्रै गरेको हुन्छ, उसले आफ्नै स्वार्थसिद्ध गर्ने उद्देश्यका साथ कसैको समर्थन र विरोध गरिरहेको हुन्छ । त्यस्तो खाले भीड आफ्नो स्वार्थरक्षा हुँदासम्म एउटा खेमामा रहन्छ र स्वार्थपूर्ति भइसकेपछि त्यो अन्यत्रै लाग्ने गर्दछ । बाबुराम भट्टराई नेपाली राजनीतिमा एउटा यस्तो ‘आइकन’ हुन् जोसँग वास्तवमै नयाँ र समृद्ध नेपाल निर्माण गर्ने स्पष्ट भिजन छ । यो लोकले मानेको कुरा पनि हो । खासगरी उनले आफ्नो अर्थमन्त्रीत्वकालमा सो कुरा प्रकट गरेर देखाइदिए र नै उनीप्रति आम रुपमा विश्वास र भरोसा बढेर गयो । तर, त्यो चुलिएको भरोसालाई उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा कायमै राख्न नसकेको कुरा साँचो हो । यद्यपि उनले अर्थमन्त्री हुँदा गरेका राम्रा कामहरु आफैं प्रधानमन्त्री हुँदाचाहिं किन गर्न सकेनन् ? उनका बाध्यताहरु केके थिए ? के ती साँच्चिकै बाध्यता र सीमितता थिए अथवा उनले चाहेरै पनि केही नगरेका हुन् ? ‘अन्धभक्तवादी’ नेपाली राजनीतिमा धरातलीय यथार्थ र विद्यमान जटिलताहरु खोज्ने गरिंदैन । यहाँ ‘ग¥यो’ वा ‘गरेन’को सोझो सवाल जवाफमा उत्तर खोज्ने गरिन्छ, अनि अस्वभाविक आशा गर्दा फगत निराशामात्रै हात लाग्ने यथार्थलाई पर्दा हाल्ने गरिन्छ । बाबुराम भट्टराईको सन्दर्भमा पनि त्यही दृष्टिकोण पुनरावृत्ति भएको देखिन्छ । त्यसो त हिंजो बाबुरामबाट अपेक्षा मात्र गरियो । तत्कालीन गठबन्धन सरकारको सीमितता र जटिलतालाई स्वीकार गरिएन । फलस्वरुप उनी अलौकिक बनाइए । एकातिर सरकार गठन भएदेखि नै एकातिर विपक्षीहरुको निरन्तर हमला सहनु पर्यो भने अर्कोतिर आफ्नै पार्टीका असन्तुष्ट पक्षहरुको पनि खप्की खाइरहनु नै पर्यो । अन्ततः पार्टी नै विभाजित हुन पुग्यो । उता सरकारले सय दिन पार नगर्दै उनको समर्थनमा खडा गरिएको भर्चुअल धरहराको विनिर्माणको प्रक्रिया सुरु भयो । जसजसले उनलाई एक ढंगले अलौकिक बनाएका थिए केही समयपछि तिनीहरु नै सरकारको कटु आलोचक बने । सायद उनीहरुले भट्टराईलाई अस्वभाविक रुपले उनको महत्ता बढाउने र जनआकांक्षालाई चरमचुलीमा पु¥याउने अनि राजनीतिक कचिंगल निम्त्याएर उनलाई केही गर्न नसक्ने ‘पंगु’ बनाउने अभियानस्वरुप बखानका फेहरिस्त तयार गरिएको थियो । नत्र त्यो विषम संक्रमणमा कसैले पनि चाहे अनुसार काम गर्न नसक्ने तथ्य स्पष्ट हु“दाहु“दै जनचाहनालाई आवश्यकता र यथार्थ भन्दा निकै माथि उचाल्नुपर्ने कुनै कारण थिएन । अहिले फेरि तिनै बाबुराम चर्चाको शिखरमा छन्, कारण उनको पार्टी परित्यागको घोषणा र नयाँ शक्तिको बहस हो । बाबुराम भट्टराईले आफू पार्टीमा रहँदा पनि परिवर्तित सन्दर्भमा पार्टीका कार्यनीति र रणनीतिहरु पनि परिवर्तित हुनुपर्छ र ती सबै युग र प्रविधि सुहाउँदो हुनुपर्छ भन्ने आशयका साथ अब पूँजीवादी उदारवाद र समाजवादी व्यवस्थाको बीचबाट अघि बढ्नुपर्ने कुरा गरेका थिए । तर, उनको त्यो विचारले पार्टीको विद्यमान संरचनामा सहि स्थान पाउन सकेन । निश्चय पनि यो एउटा ठूलो बहसको विषय हो । त्यसकारण यसलाई समर्थन र विरोधको आलोकमा बहस गर्नुभन्दा पनि अहिलेको नेपाली समाज कुन मानेमा पहिलेको भन्दा फरक हो ? वर्तमान नेपाली समाजको चारित्रिक बनावट के हो र त्यसलाई उत्पादनमुखी बनाउन के गरिनुपर्छ ? अथवा साँच्चिकै नेपाली समाजको बनावटमा आधारभूत परिवर्तन आएको हो वा त्यो समयक्रममा आफैं आएको हो ? नेपाली समाजका सीमितताहरु के के हुन् ? हामीलाई आजको सूचना प्रविधि र भूमण्डलीकरणको युगमा विकास र समृद्धिका लागि कस्तो पहलकदमी हुनु जरुरी हुन्छ ? के सा“च्चिकै नेपाली समाज बदलिएको हो ? नेपाली समाजको श्रम सम्बन्ध र उत्पादन सम्बन्ध बदलिएको हो ? सामन्तवादको ठाउँमा पूँजीवादी चिन्तन हावी भएकै हो ? यदि होइन भने अहिलेको अवस्थामा सामन्तवादको ज्वलन्त उदाहरण के हो ? सामन्तवाद यद्यपि कायमै छ भने मजदुर, किसान तथा श्रमिकहरुको बढ्दै गएको राजनीतिक चेतना र श्रम तथा ज्यालाका कुरा के हुन् ? यी यावत विषयमा बहस गरिनुपर्छ र वर्तमान नेपाली समाजको यथार्थ चरित्रचित्रण गर्नुपर्छ, तबमात्र मुलुकमा कुन विकासको मोडेल अवलम्बन गर्ने भन्ने बाटो खुल्नेछ । बाबुराम भट्टराईको नयाँ शक्ति निर्माणको अर्थराजनीतिक विमर्शमा पनि यिनै कुराहरुको विवेचना पाउन सकिन्छ । आजको भूमण्डलीकृत विश्वमा हामी विश्व समुदायबाट सम्पूर्ण रुपले अलगथलग भएर समृद्धि हासिल गर्न सक्दैनौं । कहिलेकाहिं नेपालको विकासका लागि भारतसँग रहेको खुल्ला सिमाना बन्द गरेर उत्पादनतिर लाग्नुपर्छ र सबै विदेशी सामानहरुको उपभोगलाई बन्देज गरिनुपर्छ भन्ने आवाजहरु पनि सुन्नमा आउँछन् । तर, के सम्पूर्ण रुपले खुल्ला विश्वपरिवेशसँग छुट्टै रहेर हामीले आर्थिक समृद्धि हासिल गर्न सक्छौं ? पक्कै पनि अहिलेको खुल्ला वैश्विक परिवेशमा त्यो संभव छैन । हामीले आफूलाई समृद्ध बनाउन विदेशी लगानी नभित्र्याइकन सुख्खै छैन । मुख्य कुरा विदेशी लगानीलाई कसको प्राथमिकतामा प्रयोग गर्ने भन्ने नै हो । यसर्थ, नयाँ शक्ति निर्माणको विषयलाई सहि गन्तब्यमा पुर्याउनको लागि अहिलेसम्म नेपालको विकासको प्रक्रियालाई पनि साथसाथै विवेचना गर्नु वस्तुसंगत हुने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy