Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

एमाओवादीका मन्त्री परीक्षामा !

\"parisdada-400\"काठमाडौं । एमाओवादीले सरकारमा सहभागी आफ्ना ८ मन्त्रीका लागि २३ बुँदे आचारसंहिता र १६ बुँदे मार्गनिर्देशिका बनाउँदै उनीहरुको परीक्षा लिने भएको छ । सरकारलाई सहयोग गर्न र व्यवस्थित मर्यादित कार्य संचालनको लागि नेता नारायणकाजी श्रेष्ठलाई संयोजक बनाएर एमाओवादीले यस्तो अभ्यास गरेको हो ।   नयाँ नियम अनुसार एमाओवादीका मन्त्रीहरु अब स्वतन्त्र निर्णय गर्न सक्दैनन् । पार्टी केन्द्रले नै सम्बन्धित मन्त्रालयमा गर्नुपर्ने काम, योजना र संचालनको लागि काम गर्नेछ । केन्द्रले बनाएको योजना अनुसार मन्त्रीहरु बाधिएका छन् । यो उनीहरुको लागि एक किसिमको परीक्षा नै हो ।   आचारसंहिता र मार्गनिर्देशिकामा पारदर्शी र आर्थिक मितव्ययिता, विभिन्न अवसरमा विभेदमा परेका, उत्पीडित, पीडित, योद्धालाई समेट्नेसहितका छन् ।   त्यस्तै, सस्तो लोकप्रियताको लागि गरिने पुरस्कार वितरण, उद्घाटन, शिलान्यास, सम्मान कार्यक्रम जस्ता अवसरका सहभागी नहुने, आफन्तलाई मन्त्रीहरुले पिए राख्न नपाउने, मन्त्री भएलगत्तै र पदमुक्त भएलगत्तै सम्पत्ति विवरण बुझाउनुपर्ने जस्ता सामान्य तर, जनतको नजरमा महत्वपूर्ण विषयमा नियम बसाल्दै एमाओवादीले आफ्ना मन्त्रलाई परीक्षामा होमेको छ ।   संघीयतामा सीमाकंन, प्रदेशको संरचना बनाउँदा परिवर्तनको भावना र जनताको हित हुने गरी बनाउनेसहित जनताका दैनिक जीवनलाई सहज बनाउने गरी कार्यसंचालन गर्नुपर्ने जस्ता नियम बनाउँदै मन्त्रीहरुलाई प्रत्यक्ष निगरानीमा काम गर्ने संयन्त्र बनाएको हो ।   प्रभावकारी कार्यसम्पादनको लागि एमाओवादीले बनाएको यस्तो आचारसंहिता र मार्गनिर्देशिकाले कत्तिको काम गर्छ भन्ने क्रम उनीहरुले गर्ने व्यवहारले पुष्टि गर्दै जानेछ । पार्टीले तोकेका यस्ता मापदण्ड पूरा गरी रचनात्मक काम गरी पास हुन्छन् की पदको गरिमा र मर्यादलाई भुलेर काम गर्छन् भन्ने अवसर र चुनौतिमा उनीहरु उभिएका छन् ।   अघिल्लो सरकारमा एमालेका अधिकांश मन्त्रीहरुको हर्कतबाट जनता आजित भएका थिए । उनीहरुको बदनाम कामबाट मन्त्री पदको गरिमामा नै प्रश्न उठेका बेला माओवादी मन्त्रीले पदको गरिमालाई कत्ति सम्मान गर्छन् त्यो उनीहरुको कार्यशैलीले देखाउँदै जानेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies