Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भोजपुर देखि शितलनिवास सम्म विद्या भण्डारी

\"bidhyaकाठमाडौं । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल भएकी छिन् । नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद् रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी भण्डारी राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा आज निर्वाचित भएकी छन् । उनी गणतन्त्र नेपालको दोस्रो तथा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्रपति हुन । नवनिर्वाचित राष्ट्रपति भण्डारी नेपालको नीति निर्माण तहमा समेत उल्लेखनीय योगदान गर्ने नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुन । नेत्री भण्डारीको २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी थिइन । बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन सुरु गरेकी नेत्री भण्डारीले माध्यमिक शिक्षा विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट हासिल गरेकी थिइन ।   उनले भोजपुर क्याम्पस, भोजपुरमा आईए र महेन्द्र मोरड कलेज विराटनगरमा बिए अध्ययन गरेकी थिइन । भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालीन नेकपा ९माले० सम्बद्ध युवा लीगमा सङ्गठित भई उनी २०३७ सालमा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिइन । उनले विसं २०३७ मा तत्कालीन नेकपा ९माले० को सदस्यता प्राप्त गरेकी थिइन भने २०३६ देखि २०४४ सालसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गरेकी थिइन । उनी २०३९ देखि २०४० सालसम्म महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भइन । विसं २०४६ सालमा कीर्तिपुरमा भएको अखिल नेपाल महिला सङ्घको पहिलो सम्मेलनमा मोरङको तर्फबाट उनी प्रतिनिधि भइन  । त्यस्तै, उहाँ २०५० देखि २०५४ सालसम्म नेपाल ट्रेड युनियन महासङ्घ ९जिफण्ट० को महिला विभाग प्रमुख पनि रहिन । विसं २०५४ मा नेपालगञ्जमा भएको नेकपा ९एमाले० को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा उनी निर्वाचित भइन । विसं २०५४ मा अखिल नेपाल महिला सङ्घको अध्यक्षमा निर्वाचित भएर नेपाली महिला आन्दोलनको अगुवाइ गरेकी उनले पछि दुई वटा सम्मेलनबाट सोही सङ्घको अध्यक्षमा निर्वाचित भइन । त्यसैगरी, उहाँ २०५९ सालमा जनकपुरमा भएको नेकपा ९एमाले० को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन । उनी विसं २०६४ मा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भइन भने २०७१ सालमा काठमाडौँमा भएको नेकपा ९एमाले० को नवौं महाधिवेशनबाट पनि पुनः उपाध्यक्षमा निर्वाचित भइन  । नवनिर्वाचित राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक जननेता मदन भण्डारीसँग पार्टीकै आयोजनामा २०३९ सालमा विवाह सम्पन्न भएको थियो । उनका दुई छोरी उषाकिरण र निशाकुशुम भण्डारी छन् । नेत्री भण्डारी विसं २०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतका साथ विजयी भइकी थिइन । विसं २०५१ मा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–२ बाट निर्वाचित भएर उनले नीति निर्माणमा सक्रिय भूमिका खेलेकी थिइन । पुनःस्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने सङ्कल्प प्रस्तावका प्रस्तावक समेत उनी थिइन । एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा उनले २०६७ देखि २०६९ सम्म रक्षा मन्त्रालयजस्तो चुनौतीपूर्ण जिम्मेवारी बहन गरिन  । राजनीतिक यात्राका क्रममा उनले भारत, चीन, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, ब्राजिल, अमेरिका, क्यानाडा र इटालीको भ्रमण गरेकी छन् । ‘नेपालको संविधान एवम् विधि निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका नेत्री भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् , राष्ट्राध्यक्ष जस्तो गरिमामय पदका लागि एकदमै उपयुक्त उम्मेदवार छनोट भएको पार्टीको विश्वास छ’ – एमाले सविच प्रदीपकुमार ज्ञवालीले भने । एमालेको यही कात्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले भण्डारीलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो । उनलाई उम्मेदवार बनाउने प्रस्ताव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेका थिए भने वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले समर्थन जनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy