Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

चीनसँग भएको सम्झौता कस्तो हो, कसरी आउँछ तेल ?

\"petro-china-660x330\"काठमाडौं । बुधबार भारतसँगको ४५ वर्ष लामो तेल व्यापार सम्बन्ध तोड्दै नेपालले मित्रराष्ट्र चीनसँग तेल ल्याउने सैदान्तिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

यो सम्झौता सैदान्तिक सम्झौता मात्रै हो । व्यवहारिक र व्यापारिक सम्झौता भने दोस्रो चरणमा हुने नेपालका अधिकारीहरुले बताएका छन् ।

सम्झौता पत्रमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का तथा पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेका छन् । पेट्रो चाइना चाइनिज तेल कम्पनीहरूको छाता संगठन हो ।

अहिले भएको समझदारीपत्रमा तत्कालीन संकटकालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने तथा दीर्घकालीन कार्ययोजना पनि अगाडि बढाउने उल्लेख छ । समझदारीपत्रमा नेपाली ट्यांकरहरूलाई चीन प्रवेश गर्न दिने र चीनका ट्यांकर नेपाल प्रवेश गर्न दिने प्रावधान छ ।

अहिले नेपाली अधिकारीहरुले नेपालमा खपत हुने तेलको एक तिहाई मात्र तेल दिन चीनसँग आग्रह गरेका छन् । यो आग्रह अनुसार कुल खपत अनुसार नेपालले ३३ प्रतिशत तेल पाउनेछ  । तर नेपालले मागेजति तेल दिन चीन सहमत छ ।

नेपालले बढी मात्रामा तेल मागेपनि पाउने व्यवस्थालाई यो ३३ प्रतिशतले कुनै रोक नलगाउने नेपाली अधिकारीहरु बताउँछन् । तर नेपालले अब उप्रान्त चीनसँग नेपालको खपत मध्यको ३३ प्रतिशत तेल ल्याउनु भने अनिवार्य हुन्छ ।

नेपाली अधिकारीहरुले चिनियाँ पक्षसँग वर्षभर तेल निर्यात गर्न भौतिक संरचना निर्माणमा सहयोगको लागी समेत आग्रह गरेका छन् । चीनले नेपालको आग्रहलाई सकारात्मक रुपमा लिएको बताइएको छ ।

बिहिबार बिहान चीनका लागी नेपाली राजदुत महेश मास्केको नेतृत्वको टोली तेल ल्याउने बाटो अवलोकनका लागी चीनको तिव्वत अर्थात ल्हासा पुग्ने छ ।

ल्हासाबाट नेपाली टोली सडकमार्ग हुँदै नेपालको केरुङ भएर नेपाल फर्किनेबारेमा छलफल भएपनि टुगिंएको भने छैन ।

नेपाली अधिकारीहरुका अनुसार चीनले यो सम्झौता दिर्घकालका लागि होस् भन्ने चाहेको छ । उसलाई आपत या अप्ठ्यारोमा मात्र चीनको सहयोग खोजेको हो कि भन्ने थोरै आंशका रहेको हुनसक्ने अधिकारीहरुले आंकलन गरेका छन् भने दिर्घकालका लागी हुने कुरामा विश्वास दिलाउन खोजिएको समेत ती अधिकारीहरुको भनाई छ ।

चिनियाँ टोली नेपाल फर्केपछि दिर्घकालिक र व्यापारिक सम्झौताको तयारी हुने छ । नेपालबाटै बाँकी तयारीहरु सम्पन्न गरेर नेपाल र चीनबिच व्यापारिक सम्झौता दोस्रोचरणमा हुनेछ ।

अनुदानको तेल अाइतबार बेलुकासम्म काठमाडौंमा

चीनले अनुदान मार्फत उपलब्ध गराउन लागेको तेल अाइतबार बेलुकासम्ममा काठमाडौं आइपुग्ने भएको छ । बुधबार चीनका राजदुतले नेपाललाई तेल लिन केरुङमा ट्यांकर पठाउन आग्रह गरेपछि नेपालले शुक्रबार ट्यांकरहरु पठाउन लागेको हो ।

चीनले दिने १ हजार म्याट्रिक टन तेल मध्य हाल १ सय म्याट्रिक टन दिनेछ भने केही दिनमै बाँकी तेल उपलब्ध गराउने चिनियाँ पक्षले नेपाललाई जानकारी गराएको छ ।

यस्ताे छ नेपाललाई तेल दिने चिनियाँ कम्पनी 

  • चाइना नेसनल पेट्रोलियम कपेरेशन  ९सिएनपिसी०सँग ग्यास उत्पादन र वितरण गर्न ५० हजार आठ सय ३६ किलोमिटर लामो ग्यास पाइपलाइन छ । उसले कच्चा तेलको पाइपलाइन १८ हजार एक सय ३२ किलोमिटर बिछ्याएको छ । पेट्रोलियम पाइपलाइन १० हजार ८६ किलोमिटर छ ।
  • सिएनपिसीले वार्षिक रूपमा एक सय ५० मिलियन टन कच्चा पदार्थ प्रशोधन गर्छ भने पाँच मिलियन टन इथालिन उत्पादन गर्छ । उसले पाइपलाइन र इन्धन भण्डारणगृह निर्माणमा दख्खल राख्छ ।
  • चीनमा खपत हुनेमध्ये ४० प्रतिशत इन्धन सिएनपिसीले उत्पादन गर्छ । यसमा मुख्य गरी ग्यास, डिजेल, मट्टीतेल, पेट्रोल, लुब्रिकेन्टलगायत पर्छन् । सिएनपिसीसँग वार्षिक १० मिलियन टनका दरले कच्चा पदार्थ प्रशोधन गर्ने रिफाइनरी मात्रै चारवटा छन् ।
  • सन् २०१४ मा सिएनपिसीले ११७।०२ मिलियन टन प्रशोधित तेल बिक्री गरेको थियो । सिएनपिसीले दैनिक २० मिलियन उपभोक्तालाई सेवा बेचिरहेको दाबी गरेको छ । सिएनपिसीले सुडान, काजकिस्तान, अल्जेरिया, बेलायत, फ्रान्सलगायत देशमा संयुक्त रिफाइनरी नै सञ्चालन गरिरहेको छ ।
  • सिएनपिसीले कच्चा तेल, प्रशोधित तेल, प्राकृतिक ग्यासको बिक्रीबाट धेरै लाभ लिइरहेको छ । सिएनपिसीले पेट्रो चाइना इन्टरनेसनल कम्पनीमार्फत अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ । नेपालले पनि पेट्रो चाइनाबाट इन्धन ल्याउने हो । पेट्रो चाइनाले नेपालबाहेक ८० भन्दा बढी मुलुकमा एजेन्सी परिचालन गरी करिब सय प्रकारका प्रशोधित तेल र रासायनिक पदार्थको कारोबार गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending