Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

मुस्ताङमा भारी हिमपात

\"jumla-snow\"मुस्ताङ । बुधबार रातिदेखि बढेको चिसो र वर्षाका कारण मुस्ताङमा भारी हिमपात भएको छ । जिल्लाको उपल्लो क्षेत्र सहित मुक्तिनाथ, कागबेनी र जोमसोम गाविसमा आज बिहानैदेखि हिमपात भइरहेको छ । सबैभन्दा बढी मुक्तिनाथ क्षेत्रमा हिउँ परेको स्थानीयले जानकारी दिएका छन् । हिमपातसँगै अत्यधिक चिसो बढेका कारण सर्वसाधारणलाई समस्या भएको मुक्तिनाथका नरसिंह गुरुङले बताए । उनका अनुसार स्थानीयहरु घरभित्रै आगो बालेर बसेका छन् । सदरमुकाम जोमसोमको आसपासका डाँडामा हिमपात भएको छ । सिमसिम पानीसँगै परेको हिउँले यहाँका डाँडापाखासमेत सेताम्मे देखिएका छन् । उपल्लो मुस्ताङको छोसेर र लोमान्थाङ क्षेत्रमा पनि हिमपात भएको स्थानीय गोकर्ण विष्टले जानकारी दिए । “हिमपातसँगै बढेको हावाले चिसो एकदमै बढेको छ”, उनले भने । असोज महिनाको अन्तिम सातादेखि नै उपल्लो मुस्ताङमा चिसो बढेको थियो । त्यहाँका अधिकांश सर्वसाधारण भने चिसो छल्न बेँसी झरिसकेका छन् । निरन्तर पानीसँगै हिउँ परेका कारण जोमसोम विमानस्थलमा बिहानैदेखि हवाई उडान ठप्प भएको विमानस्थल स्रोतले जनाएको छ । चिसोले सदरमुकाम जोमसोममा स्थानीयबासी सडकमै आगो तापेर बसेको स्थानीय कुलबहादुर थकालीले बताए । “मौसम यस्तै रहने हो भने सदरमुकाममै हिउँ पर्छ”, उनले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE