Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

संविधान संशोधन गरेर भएपनि तराईको माग सम्बोधन गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

\"girirajmaniभक्तपुर । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले संविधान संशोधन गरेरै भए पनि मधेसवादी दलले राखेको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

आज सानोठिमिस्थित शिक्षा विभागमा शिक्षा मन्त्रालय र विभागीय कार्यालयका प्रमुखलाई विभागीय निर्देशन दिँदै उनले माग सम्बोधन गरेरै भए पनि तराई आन्दोलनको अन्त्य गर्नुपर्ने बताए  ।

उनले माग सम्बोधन गर्न आन्दोलनरत तराईका दलहरु पनि लचक भएर आउनुपर्ने धारणा राखे ।

नयाँ संविधानले युगान्तकारी परिवर्तनलाई संस्थागत गरेको बताउँदै उनले यही संविधानलाई केन्द्रबिन्दुमा राखेर नयाँ सुरुवात गर्नुपर्ने बताए ।

कर्मचारी औसत एउटा जागिरे मनस्थिति मात्रै लिएर बस्न नहुने बताउँदै उनले अलि फरक र उच्च विचार लिएर बृहत्तर ढङ्गले काम गर्न कर्मचारीलाई निर्देशन दिए  ।

शिक्षा क्षेत्रमा प्रणाली भत्किएको पाएको बताउँदै उनले कर्मचारीलाई प्रणाली मै हिँड्न निर्देशन दिए । शिक्षालाई अब कसरी लैजाने भन्ने नीति नै बनाएर जानुपर्ने चर्चा गर्दै मन्त्री पोखरेलले भने– ‘तथ्याङ्क मिथ्याङ्क पनि हुन सक्छ, अब परिणाम चाहिएको छ, अब राम्रो रिजर्ट आउने गरी परिणाममुखी काम हुनुपर्छ ।’

सर्टिफिकेट मात्रै लिने र उच्च शिक्षाका लागि विदेशिनुपर्ने साधारण शिक्षा अब बदल्दै बहुप्राविधिक शिक्षा, उत्पादन र रोजगारीलाई शिक्षामा जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको विकासमा लाग्न मन्त्री पोखरेलले जोड दिए ।

कार्यक्रममा शिक्षा विभाग, अनौपचारिक शिक्षा केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, शिक्षक सेवा आयोगलगायतका कार्यालयले कार्यालयको प्रगति एवम् भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending