Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

आपुर्ति छिट्टै सहज हुन्छ – प्रधानमन्त्री ओली

\"kp-oli-final-final9\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले व्यहोर्न परेको असहज परिस्थितिमा सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।
संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा दिवा भोजमा सञ्चारकर्मीसँग उनले जनअपेक्षाअनुसार दैनिक जनजीवन सहज बनाउन सरकार प्रयत्नशील रहेको बताए । उनले छिट्टै अत्यावश्यक वस्तुको सहज आपूर्ति हुने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले राष्ट्र हितका लागि राजनीतिक दलले नेपाली जनताको भावनाअनुरुप संविधान जारी गरेर लागूसमेत गरिसकेको अवस्थामा कुनै पक्षले यसको विरोध गर्दै आन्दोलन गरेर जनजीवन असहज बनाउनु नाजायज भएको बताए।
वार्ता र संवादबाटै सबै समस्याको निराकरण गर्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै उनले आन्दोलनरत पक्षलाई वार्तामा बसेर समस्या समाधानमा सहयोगी बन्न आग्रह गरे ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफ्नो पार्टी प्रतिपक्षमा रहेपनि मुलुकले भोगिरहेको समस्या समाधान गर्न प्रतिबद्ध रहने बताए। उनले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएसँगै अब संविधानको कार्यान्वयन गर्नु पर्ने चुनौती रहेकाले प्रमुख दलको सहयात्रा अहिले पनि आवश्यक रहेको बताए।
नेका, नेकपा(एमाले) र एमाओवादीलगायत राजनीतिक शक्तिबीचको सहमतिले मात्र जनताको आशा र भरोसा पूरा गर्न सक्ने भन्दै उहाँले प्रतिपक्षमा रहेता पनि काँग्रेसले सहमतिको यात्रा नतोड्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीद्वारा आयोजित सर्वदलीय दिवा भोजमा सत्ताधारी दलका नेता तथा सांसदसहित प्रतिपक्षी दलका नेताको समेत उपस्थिति थियो । सर्वदलीय भोजमा आन्दोलनरत मधेस केन्द्रित दलका नेताको भने सहभागिता रहेको थिएन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending