Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

उपराष्ट्रपतिको मनोनयन शुक्रबार

काठमाडौँ । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

[caption id=\"attachment_43578\" align=\"aligncenter\" width=\"400\"]\"Pasang-and-Amiyakumar-Yadav\" पासाङ र अमियकुमार यादव[/caption]

व्यवस्थापिका–संसद् सचिवालयका अनुसार सो पदका लागि शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

सो पदका लागि सत्तारुढ घटकका तर्फबाट एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दबहादुर पुन (पासाङ) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी हुने चर्चा छ ।

उनीहरु उम्मेदवार हुने कुराको घोषणा सम्बद्ध राजनीतिक दलले यसअघि नै गरिसकेका छन् । सचिवालयका अनुसार उम्मेदवारी दर्ता भएका प्रस्ताव बमोजिम उपराष्ट्रपतिको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन गर्ने समय अपराह्न १.३० बजेका लागि तोकिएको छ ।

यस्तै सोही दिन अपराह्न २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, २.३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शनिबार गोप्य मतदान

शनिबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदान गरिनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ ।

शनिबार अपराह्न २.३० बजेदेखि मतगणना गरिने र साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ ।

सङ्घीय गणतन्त्र नेपालको संविधानमा राष्ट्रपतिमा महिला भए उपराष्ट्रपतिमा पुरुष हुने र त्यो पनि फरक फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । बुधबार राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै उपराष्ट्रपतिको चयन हुन लागेको हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE