Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भोलीदेखि ४० हजार सिलिन्डर ग्यास वितरण गरिने

\"LP_gas\"काठमाडौँ ।  काठमाडौँ उपत्यकामा शनिबारदेखि ४० हजार सिलिन्डर ग्यास वितरण गरिने भएको छ । लामो समयदेखि इन्धन सङ्कट समाधान गर्ने उद्देश्यले वाणिज्य विभागले अनुमति दिएका र ग्यास उद्योगको आधारिक बिक्री केन्द्रमार्फत ७.१ किलो ग्यास रहेको सिलिन्डर वितरण गर्न लागिएको हो ।

आहतमा परेका उपभोक्तालाई राहत दिने उद्देश्यका साथ व्यवसायीले शनिबार तोकिएका बिक्री केन्द्रबाट ग्यास वितरण गर्न लागिएको हो । सामान्य समयमा वितरणमा रहेको ग्यासको सिलिन्डरको तौल १४.२ किलो रहन्छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनानुसार नेपाल आयल निगमले आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लिने तयारी गरेको हो । प्रतिसिलिन्डर रु एक हजार ४०० मा बिक्री वितरण हुँदै आएको ग्यास रु ७०० मा बिक्री गरिने र परिणाम पनि आधा मात्रै रहने छ । राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग रहेको छ । मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई–मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी रहेको भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हालको इन्धन सङ्कट सबैको साझा समस्या भएकाले मिलेर समाधान खोज्नुपर्ने र ग्यास उद्योगी, बिक्रेता एवम् उपभोक्ता इमान्दार हुनुपर्ने बताए। उपत्यकामा शनिबारदेखि १६ बुलेट ग्यास वितरण गरिने छ । एक बुलेट ग्यासमा एक हजार २५० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ५०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ । साहका अनुसार प्रति परिवार ७.१ केजीको एक सिलिन्डर ग्यास उपलब्ध गराउँदा सामान्यतः २५ दिनसम्म चल्ने र त्यसपछि थप विकल्प अपनाउन सकिने भएकाले हाल आधा परिणाममा वितरण गर्न लागिएको हो । वितरण शनिबारदेखि नै सुरु गरिने छ । वाणिज्य आपूर्ति तथा व्यवस्थापन विभाग, स्थानीय प्रशासन, नेपाल प्रहरी र उपभोक्तावादी सङ्घ संस्थाले अनुगमन गर्नेछन् । उहाँले सङ्कटको घडीमा घरमा मौज्दात रहेका उपभोक्तालाई थप भण्डारण नगर्न र मितव्ययी भएर प्रयोग गर्न आग्रह गर्नुभयो । तराईमा रोकिएका बुलेटलाई प्रहरी सुरक्षामा राजधानी ल्याइएको हो । थप केही बुलेट भने उपत्यका बाहिर नै वितरणको प्रबन्ध मिलाइएको छ । ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगबाट ग्यास वितरण गर्दा वास्तविक उपभोक्ताले नपाएकाले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले अनुमति दिएका कम्पनीको आधिकारिक बिक्रेता मार्फत मात्रै वितरण गर्नुपर्ने बताए । उनका अनुसार बिक्रेता मार्फत ग्यास वितरण गर्दा काठमाडौँ उपत्यकाका कुना कुनाका उपभोक्ताले प्राप्त गरून् भन्ने उद्देश्यका साथ आधिकारिक बिक्री केन्द्रबाटै गर्नुपर्छ । बिक्री केन्द्रबाट ग्यास वितरण गर्दा कालोबजारीसमेत कम हुने व्यवसायीको भनाइ छ । काठमाडौँ उपत्यकामा हाल छ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर छन् । हाल मुलुकमा ५३ ग्यास उद्योग र करिब ६२ लाख सिलिन्डर छन् । मासिक २० लाख सिलिन्डर ग्यासको खपत हुने गरेको छ । तीन लाख लि पेट्रोलियम पदार्थ वितरण नेपाल आयल निगमले झन्डै तीन लाख लि पेट्रोलियम पदार्थ वितरण गरेको छ । उपत्यकाका विभिन्न पेट्रोल पम्पबाट आज दुई लाख ८६ हजार पेट्रोलियम पदार्थ वितरण गरिएको हो । निगमका अनुसार दुई लाख ४१ हजार लि डिजल र ४५ हजार लि पेट्रोल वितरण गरिएको हो । हाल दैनिक औसतमा ३० प्रतिशत मात्रै इन्धन आयात गर्ने नाका खुला छ । सत्तरी प्रतिशत आयात हुने नाका डेढ महिनादेखि ठप्प छ । काँकडभिट्टा, विराटनगर, नेपालगन्ज, भैरहवा र धनगढी नाका मात्र खुला रहेको छ । ती नाकाबाट भारत गएका ट्यांकर इन्डियन आयल कर्पोरेसनले पूर्ण रुपमा ‘लोड’ गरेको छैन । घोषित रुपमा नाकाबन्दी नभने पनि इन्धन आयातको प्रक्रिया अनावश्यक रुपमा झन्झटिलो बनाइएको र कागजात मिलाउन प्रक्रिया समेत लम्ब्याइएको छ । निगमका निमित्त कार्यकारी निर्देशक साहका अनुसार खुलेका नाकाबाट पनि सहज रुपमा इन्धन आयात हुन सकेको छैन । भारतीय पक्षबाट भन्सार जाँचपछि पनि सुरक्षाको नाममा अवरोध हुने गरेको छ । विभिन्न झन्झट ब्यहोरेर मुलुक भित्रिएका मालवाहक ट्रक तथा ट्यांकर, इन्धन बोकेका ट्याङ्कर र ग्यासका बुलेटलाई तराई मधेसमा आन्दोलनरत पक्षले पनि अवरोध गर्ने गरेका छन् । अवरोधका बीच भित्रिएका केही बुलेट ग्यास र पेट्रोलियम पदार्थ सोही क्षेत्रमा खपत हुने गरेको छ । बाँकी मात्रै राजधानी र अन्य स्थानमा पठाइने गरेको छ । उहाँका अनुसार यस्ता अवरोधै अवरोधका बीच केही ट्यांकर राजधानी भित्र्याउने प्रयास जारी छ । त्यसरी ल्याइएका इन्धनलाई मितव्ययी तवरले वितरण गर्ने कार्यलाई सहयोग पु¥याइदिन सबैमा निमित्त कार्यकारी निर्देशक साहको अनुरोध छ । राजधानीमा उपलब्ध भएको र मौज्दात रहेको पेट्रोलियम पदार्थ दैनिक रुपमा उपत्यकाभित्र वितरण गरिएको हो । वितरणका क्रममा एम्बुलेन्स, विशिष्ट व्यक्ति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सरकारी सेवा, अस्पतालगायत प्राथमिकतामा परेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy