Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

पासाङलाई उपराष्ट्रपतिमा जिताउन त्रिपक्षीय वार्ता

भक्तपुर । शनिबार हुने उपराष्ट्रपतिको निर्वाचनमा एकीकृत नेकपा (माओवादी)का तर्फबाट उम्मेदवारी दिएका नन्दबहादुर पुन (पासाङ)लाई सहयोग गर्नका लागि आग्रह गर्न नेकपा एमाले, एमाओवादी र नेमकिपाका शीर्ष नेताहरुबीच त्रिपक्षीय वार्ता भएको छ ।

\"Oli,-Prachand,-narayanman\"नेता बिजुक्छे निवासमा भएको भेटवार्तामा शनिबार हुने उपराष्ट्रपतिको निर्वाचनमा पासाङलाई सहयोग गर्न नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई उनीहरुले आग्रह गरे । भेटपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुक्छेले पासाङलाई सघाउने बचन दिएको बताए ।

उपराष्ट्रपति निर्वाचनमा पासाङलाई सहयोग गर्नेबारेमा नेता बिजुक्छे सकारात्मक भएको छलफलमा सहभागी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

नेता बिजुक्छेले भने आफ्नो पार्टीमा छलफल गरेर मात्र उपराष्ट्रपतिबारे निर्णय लिइने बताउँदै विगतमा भएको सहमति सत्तारुढ दलले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र सहयोग गर्ने गरिने स्पष्ट गरे ।

नेता बिजुक्छेले सरकारले इन्धन समस्या समाधान गर्नुपर्ने र उपराष्ट्रपति आफ्नो पदीय जिम्मेवारी निर्वाहका लागि प्रतिबद्ध हुनुपर्ने सर्त अघि सारिएको बताए । छलफलमा नेमकिपाका सचिव सुनिल प्रजापति र सांसद प्रेम सुवालको पनि  सहभागिता थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE