Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

पासाङ उपराष्ट्रपति बन्ने पक्का, कुन–कुन दलले गरे समर्थन ?

काठमाडौं । माओवादी जनमुक्ति सेनाका तत्कालीन प्रमुख नन्दकिशोर पुन पासाङ गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति बन्ने लगभग पक्का भएको छ । शुक्रबारको राजनीतिक समिकरणमा अचानक फेरबदल नआए शनिबार देशकै दोस्रो सर्बोच्च पदमा पासाङ पुग्नेछन् ।

\"Pasang\" संसद भवन नयाँबानेश्वरमा शनिबार उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । निर्वाचनमा सरकार समर्थित दलहरुको साझा उम्मेदवार पासाङ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उम्मेदवार अमियकुमार यादवबीच प्रतिस्पर्धा हुनेछ ।

दश वर्षे जनयुद्धमा हजारौं लडाकूहरुको कमाण्ड सम्हालेका पासाङ उपराष्ट्रपतिमा निर्वाचित भए सर्वोच्च मर्यादाक्रममा दोस्रो स्थानमा रहने त छन् नै माओवादी जनयुद्ध र लडाकूको राजनीतिक स्वीकार्यतासमेत स्थापित हुनेछ ।

पासाङको युद्ध कुशलताले जनयुद्धमा नेपाली सेनालाई समेत बिभिन्न स्थानमा पराजित गरेको थियो । सेनाका केही अधिकारी, देशी–विदेशी शक्ति तथा सत्ता गठबन्धनका केही नेताहरुले रोक्न ठूलै चलखेल र षडयन्त्र गरे पनि शुक्रबार पासाङको उम्मेदवारी दर्ता भएको छ ।

उनको प्रस्तावकमा एमाले वरिष्ठ नेता झलनाथ खनाल समर्थक बनेका छन् । राप्रपा नेपालका दिलनाथ गिरी र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी समर्थक छन् । पासाङलाई एमाले, आफ्नै दल एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका सत्तारुढ दलहरुको समर्थन गरेका छन् । सत्ता समर्थित नेपाल परिवार दलका दयाराम कँडेलले पनि उम्मेदवारी दर्ता गराए पनि पछि पासाङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सिराहाका सांसद अमीयकुमार यादवलाई उम्मेदवार बनाएको छ । उनको प्रस्तावकमा चिनकाजी श्रेष्ठ र समर्थकमा ईश्वरी न्यौपाने छन् । उपराष्ट्रपति पदमा स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले पनि उम्मदेवारी दर्ता गराए पनि कांग्रेस उम्मेदवार यादवलाई समर्थन गर्ने घोषणा गर्दै फिर्ता लिएका छन् ।

यादवलाई केही साना दलहरुले मात्र समर्थन गरेकाले पासाङको पक्षमा बहुमत पुग्ने निश्चितप्राय छ ।

पासाङलाई क–कसको समर्थन ?

एमाओवादी नेता पासाङलाई आफ्नै दलसहित एमाले, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहित एक दर्जन बढी साना दलहरुको समर्थन छ । एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई बिभिन्न दलका नेताहरुलाई भेटेर पासाङको पक्षमा मत मागेका छन् । ति दलका नेताहरुले पनि पासाङलाई मत दिने बचन प्रचण्डलाई दिएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिएर नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको निवास भक्तपुर पुगेका थिए । भेटवार्तामा विजुक्छेलाई पासाङलाई सघाउने बताएको प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई जानकारी दिए ।

यसैगरी एमाओवादी नेताहरु कृष्णबहादुर महरा, उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उपराष्ट्रपति पदका उम्मेदवार पासाङलगायतको टोलीले पनि राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा लगायत दलका शीर्ष नेताहरुलाई भेटेर मत मागेको छ ।

मालेको शुक्रबार बसेको पोलिटव्युरो बैठकले पासाङलाई समर्थन गर्ने औपचारिक निर्णय गरिसकेको माले महासचिव सीपी मैनालीले जानकारी दिए ।

यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता गठबन्धनलाई टिकाइराख्न एमाओवादी उम्मेदवार पासाङलाई मत दिने जानकारी दिए ।

संसदमा रहेका समाजवादी जनता पार्टी, नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, मधेस समता पार्टी नेपाल, दलीत जनजाति पार्टी नेपाल, बहुजन शक्ति पार्टी नेपाल लगायतले पनि उपराष्ट्रपतिमा पासाङलाई समर्थन गर्ने बताएका छन् ।

उपराष्ट्रपति पदको निर्वाचन शनिबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म संसद भवन नयाँबानेश्वरमा हुनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy