Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

तेल लिन चीन गएकै दिन भित्रियो नाकाबन्दी पछिकै धेरै इन्धन

काठमाडौं । चीनबाट अनुदानमा प्राप्त तेल लिन नेपाली ट्यांकरहरु केरुङ गएकै दिन भारतले नाकाबन्दी पछिकै सबैभन्दा धेरै इन्धन नेपाल पठाएको छ । शुक्रबार दिनभरमा २३७ पेट्रोलियम ट्यांकर र ग्यास बुलेट नेपाल भित्रिएका छन् ।

\"oil\" बिराटनगरको रानी भन्सार कार्यालयका अनुसार शुक्रबार मात्रै १ सय ३८ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन् । रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार शुक्रबार ९३ डिजेल र २८ पेट्रोल ट्यांकर तथा १७ वटा ग्यास बुलेट बिराटनगरबाट नेपाल प्रवेश गरेका छन् ।

यो संख्या सामान्य अवस्थाको भन्दा तेब्बर धेरै हो । सामान्य अवस्थामा बिराटनगरबाट ४० ट्यांकर इन्धन नेपाल भित्रिने गरेको बस्नेतले बताए ।

भारतले यतिधेरै इन्धन किन नेपाल पठायो भनेर आश्चर्यमा परेको भन्सार अधिकारीहरु बताउँछन् ।

यसैगरी भैरहवाको बेलहिया नाकाबाट इन्धन बोकेका ६५ वटा ट्यांकर नेपाल आएका छन् । २९ डिजेल र ४ वटा पेट्रोल ट्यांकर तथा ५ वटा ग्यास बुलेट मात्र नेपाल प्रवेश गरेका भन्सार अधिकृत रविन्द्र प्याकुरेलले बताए ।

नेपालगञ्ज नाकाबाट भने १७ ट्यांकर इन्धन नेपाल आएको छ । जसमा १४ वटा गाडीमा डिजेल र ३ वटामा मट्टीतेल छ ।

कैलालीको गौरीफन्टा नाकाबाट १३ वटा डिजेल र एउटा पेट्रोल ट्यांकर भित्रिएको भन्सार प्रमुख हरिप्रसाद पाण्डेले बताए । काँकडभिट्टाको मेची भन्सारबाट भने २ वटा डिजेलका गाडी मात्र नेपाल आएका छन् ।

वीरगन्जको भन्सार नाका भने हालसम्म पनि ठप्प छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE