Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना निर्माण रोकियो

\"thula-ayojana\"धनगढी । पेट्रोलियम पदार्थको अभावका कारण निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य ठप्प भएको छ । इन्धन अभावले निर्माण सामग्रीको ढुवानी गर्न कठिनाइ भएको र निर्माणमा प्रयोग हुने स्काभेटरलगायत इक्विपमेन्टसमेत चल्न नसकेपछि डेढ महिनादेखि आयोजनाको काम रोकिएको आयोजनाका इन्जिनियर कृष्णबहादुर विष्टले बताए । “इन्धन अभावमा मूल नहरको व्यारेलको काम र फिडर नहरको काम रोकिएको छ”–विष्टले भने, “स्काभेटर पनि चलाउन नसकिएकाले माटो खन्ने काम पनि रोकिएको छ ।” कैलाली जिल्लाको पूर्वी क्षेत्रमा विसं २०६६ देखि निर्माणाधीन यो आयोजनाको हालसम्म ४० प्रतिशत काम पूरा भइसकेको छ । कर्णाली नदी मुहान भएको यो आयोजनाको अहिलेसम्म इन्टेक निर्माण पूरा भएको छ । मूल नहरको माटो खन्ने करिब ७५ प्रतिशत काम पनि पूरा भएको छ । यस्तै एक हजार ३०० मि लामो पक्की नहर बनाउनु पर्नेमा अहिलेसम्म ठाउँठाउँमा गरी करिब पाँच सय मि नहर पक्की गर्ने काम पूरा भइसकेको छ । इन्टेक निर्माणका साथै मूल नहर र जलविद्युत् आयोजना निर्माण कार्य नेपाल सरकारको लगानीमा भइरहेको छ । अन्य काममा विश्व बैंकको अनुदान र ऋण सहयोग रहेको बताइएको छ । मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुने विद्युत् आयोजना चार दशमलव ८८ मेगावाट क्षमताको रहेको छ । सिओ र टुडी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीका साथै जापानको मारुसिन सिताका निर्माण कम्पनी निर्माणमा संलग्न छन् । सन् २०१७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको पहिलो प्याकेजअन्तर्गतका संरचनाको काम करिब रु तीन अर्ब १८ करोडमा निर्माण भइरहेको छ । आयेजनाबाट जिल्लाका पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, लम्की–चुहा नगरपालिकाका साथै आसपासका गाविस क्षेत्रको झण्डै १४ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ । आयोजना निर्माणसँगै उक्त क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि विभिन्न क्रियाकलाप पनि सुरु गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy