Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

इमान्दारितामा दरिद्रपन नदेखाउन प्रम ओलीको सांसदलाई कडा निर्देशन

\"kp-oli-final-final9\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको साझा उम्मेदवार नन्दबहादुर पुनलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित सत्तारुढ दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई लामो समयसम्म कायम राख्न पनि साझा उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेको बताए । दशवर्षे सशस्त्र सङ्घर्ष संविधानसभामार्फत शान्तिपूर्ण रुपान्तरणको प्रक्रियामा अगाडि बढेको र मुलुक शान्ति, समृद्धिको मार्गमा अगाडि बढेकाले यसलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता भएको उनले बताए । उनले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गरे । सशस्त्र सङ्घर्षको कमाण्डर भएर होइन, पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको संविधान लेखन र शान्तिप्रक्रियामा उनले पुर्याएको योगदानलाई संस्थागत गर्न हो प्रधानमन्त्री ओलीले भने । उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानको पालना र रक्षाका लागि पुनले महत्वपूर्ण भूमिका खेल्ने र विगतमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उनले देखाएको सकारात्मक भूमिका अतुलनीय रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । हाल कायम भएको गठबन्धन भावना, सङ्ख्या  विचारका हिसाबले विशिष्ट खालको रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्तिलाई माथि उठाउने सङ्कल्पका साथ साझा उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्नेमा जोड दिए । निर्वाचनका सबै प्रक्रिया पूरा भएपछि भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणमा सरकार केन्द्रित हुने र सरकारभन्दा बाहिर रहेका दललाई सरकारमा सहभागी गराउने तथा आन्दोलनमा रहेका दललाई समेत विश्वासमा लिएर अगाडि बढ्ने उनको भनाइ थियो । सशस्त्र सङ्घर्ष, शान्ति प्रक्रिया संविधान लेखनलगायत घटनाक्रम विश्वका लागिसमेत अनुकरणीय र  असाधारण दृश्य भएकाले यसलाई अझ समृद्ध पार्नु प्रमुख कार्यभार रहेको ओलीको भनाइ थियो । बैठकमा एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया, संविधान लेखनलगायत काममा महत्वपूर्ण योगदान पु¥याएको व्यक्तित्वलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएकाले सबैको सहयोग प्राप्त हुने धारणा राखे । उनले नेपालको राजनीतिक परिवर्तन विश्वले अनुकरण गर्न लायक भएकाले त्यसलाई संस्थागत गर्न पनि साझा उम्मेदवारको विजय आवश्यक रहेको बताए । नेकपा९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले कमाण्डरको रुपमा मात्रै नभई शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन देखाएको सक्रियता र इमान्दार प्रयत्न नै उपराष्ट्रपतिका साझा उम्मेदवार पुनको विशेषता भएको बताए । सत्तारुढ गठबन्धनमा १५ दलको सहभागिता रहेको र सांसद्को सङ्ख्या ३३६ रहेकाले पुनको विजयी भइसकेको भएपनि निर्वाचनको परिणाम कुर्नुपर्ने नेता खनालको भनाइ थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राष्ट्रपतिको निर्वाचनमा देखिएको गल्ती तथा कमजोरी नदोहो¥याउन सांसदलाई निर्देशन दिए । राष्ट्रपतिको निर्वाचनमा एउटै उम्मेदवारलाई दुई–दुई स्थानमा मत दिएको, हस्ताक्षर गरेको, अनावश्यक स्थानमा रेजा लगाएको पाइएकाले त्यस्तो नगर्न आग्रह उनले आग्रह गरे । मन्त्री खरेलले ‘अशक्त अवस्थामा पनि मुलुकभित्रै उपचार गराउँछु, विदेश जान्न’ भनेर उपराष्ट्रपतिका उम्मेदवार पुनले देखाएको राष्ट्रिय भावना हामी सबैको लागि अनुकरणीय रहेकाले त्यसमा ध्यान दिन आग्रह गरे । पुनको प्रस्तावकमा एमालेका वरिष्ठ नेता खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरी रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy