Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

बेलहिया नाकाबाट धमाधम भित्रिए इन्धनका गाडी

\"petrol\"रुपन्देही)  । देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् । 

मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन् । रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् । उहाँका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन् । भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ । भारतीय नाका सुनौली हँुदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ । सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending