Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

मेलम्चीको पानी काठमाडौं आउने मिति फेरी सर्ने

\"melamchi\"काठमाडौँ । काठमाडौँवासीको तिर्खा मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम एक महिना रोकिएपछि समयमा सम्पन्न नहुने भएको छ ।

आयोजनाको सुरुङ निर्माणका लागि ठेक्का दिइएको इटालियन सिएमसी कम्पनीले सम्झौता गरेअनुसार आधुनिक उपकरण ल्याउन नसकेपछि काम सुस्त भएको हो । ठेकेदार कम्पनीले काममा ढिलाइ गरेकै समयमा इन्धन सङ्कटका कारण आयोजनाको काम एक महिना ठप्प भएपछि सम्झौता गरिएको अवधिमा सुरुङ निर्माण नहुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

“ठेकेदार कम्पनीले सम्झौतामा व्यवस्था भएबमोजिमका सुरुङ निर्माणमा प्रयोग हुने अत्याधुनिक उपकरण ल्याउन सकेन, उल्टै विभिन्न बहानामा आयोजनासँग क्षतिपूर्ति माग गर्ने, राम्रोसँग काम नगर्ने ग¥यो, अहिले इन्धनको अभावले एक महिनादेखि काम ठप्प भएको छ” – समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले भने ।

आयोजनाको कामका लागि मासिक दुई लाख लिटर डिजेलको आवश्यकता पर्दछ । डिजेलकै अभावका कारण सुरुङको काम असोज १४ गतेदेखि रोकिएको थियो । असोज २८ गतेदेखि सुन्दरीजलको अत्याधुनिक पानी प्रशोधन केन्द्र निर्माणको काम पनि रोकिएको पनि उनले बताए ।

मेलम्ची खोलाबाट दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधनका लागि गोकर्णेश्वर नगरपालिका–३ को महाँकालमा अधिग्रहण गरिएको १०२ रोपनी जग्गामा पहिलो चरणमा साढे आठ करोड लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको समितिका सिडिई राजेन्द्रप्रसाद पन्तले बताए। यो काम पनि रोकिएपछि आयोजनाका सबै काम अवरुद्ध भएको छ ।

विसं २०७२ चैत मसान्तमा सक्ने सम्झौतासहित ओब्याग र प्रतिभा इन्डस्ट्रिज जेभीले केन्द्र निर्माणको काम गरिरहेका छन् ।

विसं २०७२ असोज मसान्तमा सम्पन्न हुने गरी निर्माण भइरहेको सुरुङ काठमाडौँको सुन्दरीजल र सिन्धुपाल्चोकका छ स्थानको काम पनि पछिल्लो समय इन्धनकै कारण रोकिएकाले आयोजनाको अवधि लम्बिने भएको हो । २७ किमी लामो सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म आधा काममात्र सम्पन्न भएको छ ।

विसं २०७३ असोज मसान्तअगावै सुरुङको काम सकेमा लाभांश पाउने व्यवस्था सम्झौतामा गरिएकाले २०७२ चैत मसान्तमा काम सकी लाभांश लिने प्रतिबद्धता इटालियन ठेकेदार कम्पनी सिएमसीले गरेको थियो ।

यसैको आधारमा सरकारले विसं २०७३ वैशाख १ गतेको बिहानीसँगै उपत्यकाका धारामा मेलम्ची खोलाको पानी खसाल्ने सार्वजनिक घोषणा गर्दै आएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy