Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

थलिएको कांग्रेसमा अब त्रिपक्षीय भिडन्त

\"(From काठमाडौं । सबैभन्दा ठूलो दल भएर पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता महत्वपूर्ण पद हात पार्न नसकेको नेपाली कांग्रेस यतिखेर तनावको अवस्थामा छ । शक्ति केन्द्र र पार्टीका स्वार्थ समूहको उक्साहटमा सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि सबैथोक गुमाएको कांग्रेसकै नेतादेखि कार्यकर्ताहरुले टिप्पणी गर्न थालेका छन् ।   सभापति कोइरालाले हारेपछि नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलका कारण आफूले उम्मेदवारी दिएको जिकिर गरे । तर, पनि उनीहरु दुवैजना यो आरोप स्वीकार्न तयार छैनन् । उनीहरु दुवैको निष्कर्ष कोइराला निकट स्वार्थ समूहको कारण पार्टीले सबैथोक हत्याउने उनको सोचले कांग्रेस पछारिएको तर्क छ ।   कोइरालाको यही अव्यवहारिक प्रयासले कांग्रेसले सबैथोक गुमाउनुपरेपछि अब देउवा र पौडेल १३ औं महाधिवेशनबाट आफू जसरी पनि स्थापित हुने दाउमा लागिसकेका छन् । आइतबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा कोइरालाले लिएको असफल नीतिकै कारण ठूलो दल भएर पनि कांग्रेसले सबैथोक गुमाउनुपरेको जस्ता तथ्यमा टेक्दै दुवै नेता पक्षधरले महाधिवेशनको लागि अहिलेदेखि नै आधार बनाउने तयारी गरेका छन् ।   ‘सबैथोक गुमाउनुपरेको कारण सभापतिजीको घेरा र वहाँको आफ्नै सबै आफैं लिनुपर्छ भन्ने सोचले गर्दा हो’ संस्थापन निकट एक नेता भन्छन्, ‘ठूलो दलले सबै गुमाएपछि यसकै अपजसलाई देखाउँदै देउवा र पौडेलले अब १३ औं महाधिवेशन केन्द्रित तयारी गर्दै सक्रियता देखाउने तयारी गरेका छन् ।’ सोही तयारी अनुसार केन्द्रीय समितिमा उनीहरुले कोइरालाले पार्टी सभापति भएदेखि नै पार्टी हाँक्न नसकेको जस्ता विषय उठाउनेछन् ।   अब कांग्रेसको १३ औं महाविधेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । सो महाधिवेशन अब त्रिपपक्षीय भिडन्त हुने बुझाई कांग्रेस केन्द्रीय सदस्यहरुको नै छ ।   ‘अबको महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ’ केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन्, ‘देउवा दाई सधैंझैं यसपटक पनि मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । रामचन्द्र दाईले यसपटक छोड्न हुदैन । सुशीलदाई दिइए दुई नेता ड्यामेज हुन्छन् । त्यसैले तीन नेताको भिडन्त हुने देखिन्छ ।’   संस्थापनमा रहेर सधैं सहयोग गर्दै आएकोले पौडेल यसपटक नेतृत्वको दौडबाट दायाँबायाँ नगर्ने रणनीतिमा छन् । सभापति नै जित्न सक्ने गरी पकड नभए पनि कोइराला वा देउवालाई बिगार्न सक्ने मत उनको पक्षमा छ । त्यसैले अन्तिम अवसर भन्दै पौडेल थोरै तर, महत्वपूर्ण शक्तिकासाथ बार्गेनिङमा हुनेछन् ।   देउवा पक्ष भने अब कोइरालाले सभापतिमा दाबी नगरी देउवालाई छोडिदिने हो भने पौडेललाई समेत चित्त बुझ्ने बाटो खुल्ने पक्षमा छ । ‘सभापतिजीले अब बिदा लिएर सभापतिमा देउवालाई सहयोग गर्नुभयो भने अर्कोपटकलाई सभापतिमा पौडेलजीलाई बाटो खुल्छ ।’ देउवा पक्षीय एक नेता भन्छन् । कहिले गिरिजा त कहिले सुशीलसँग पराजित हुँदै आएका देउवालाई अर्कोपटकदेखि उमेरले पनि साथ नदिने भएकोले गर या मरको अवस्था छ ।   तर, मुखले भने कोइरालालाई पद प्यारो छ । कोइरालाले टिका लगाएर ल्याएका केन्द्रीय सदस्यहरुको राजनीति सुरक्षित गर्न र कांग्रेसमा कोइराला खानदानको राजनीतिक जोगाउन पनि सुशील अघि बढ्नुपर्ने स्थितिमा छन् । सुशील अघि नबढे कांग्रेस सत्ता सदाको लागि देउवा खेमामा जाने भन्दै प्रधानमन्त्रीको उम्मेदवार बनाएर सहिद बनाउने पनि संस्थापनमै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending