Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

तेह्र वर्षदेखि जमिन भारतमा, लालपुर्जा नेपालमा

कञ्चनपुर । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालिका– १ फटियाका करनबहादुर सुनार एक बिगाहा जमिनका मालिक हुन् । तर, उनीसँग एक बिगाहा जमिनको लालपुर्जा मात्रै छ, जोत्नका लागि जमिन छैन । सुनारले १३ वर्षदेखि आफ्नो जमिन उपभोग गर्न पाएका छैनन् । किनकि, उनको जमिन नेपाल–भारत सीमाको पिलर नं २०० नजिकै छ । सो जमिन भारतीय पक्षले आफ्नो देशभित्र पर्छ भन्दै उपभोग गर्न रोकेपछि उनी भूमिहीन बनेका हुन् । विसं २०२८ देखि बसोबास गर्दै आएको सुनारको जमिनको २०३५ सालमा कित्ताकाट गरी नेपाल सरकारले २०३६ सालतिर जग्गा धनी लालपुर्जा दिएको सुनारले बताए । सुनारको जमिन २०५८ सालदेखि भारतीय पक्षले कब्जा गरेपछि उनले जमिन उपभोग गर्न पाएका छैनन् । ‘मेरो जमिन हाम्रो देश भारतको हो, भन्दै बेलाबेलामा भारतीय वन विभागका कर्मचारीहरुले धम्काउने, दुव्र्यबहार गर्ने गर्दछन्’ सुनारले भने –‘के गर्ने कागजमा मात्रै जमिन छ ।’ वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफूले उपभोग गर्न नपाएको १३ वर्ष भइसक्यो ।’ उनले भने –‘फिर्ताका लागि कहीँ कतैबाट समेत पहल भएको छैन ।’ जमिन उपभोग गराइदिने पहल कसैले नगराएको उनको दुःखेसो छ । त्यस्तै बेलौरी नगरपालिका–१, फटैयाका अर्का स्थानीयवासी मानबहादुर सुनारको समस्या उस्तै छ । उनको पनि नेपाल–भारत पिलर नं २०० नजिकै रहेको डेढ बिगाहा जमिन भारतीय पक्षको धम्कीका कारण आधा बाँझो र आधा आवादी छ । ‘भारतीय वन विभागका तर्फबाट बेलाबेलामा आई धम्काउने जोतिरहेका बेला हल गोरु खोलेर लिएर जाने, ट्र्याक्टर नै लिएर जमिन उपभोग नगर्न भन्दै धम्की दिन्छन्’ – उनले दुःखेसो पोखे । ‘हातमा लालपुर्जा भएर के गर्ने जमिन उपभोग गर्न पाएको छैन । उनले पनि १३ वर्षदेखि जमिन उपभोग गर्न नपाएको गुनासो गरे । उनीहरु दुवैजना अरुको अधियाँ गरेर दैनिक गुजारा चलाउँदै आएका छन् । सरकारले यो जग्गा हाम्रो होइन भन्न सकोस्, भारतमै पर्छ भनी किटानी गरोस् हैन भने हामीले लालपुर्जा भएको जग्गा जोतपोत गर्न पाउनुपर्ने उनीहरुको माग छ । दुवै नेपाली नागरिकको जमिनबारे स्थानीय प्रशासन अझैसम्म पनि मौन बसेको छ । विसं २०६७ मा संसदीय समिति र तत्कालीन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काको नेतृत्वमा आएको टोलीले पीडित नेपालीको लालपुर्जाको प्रतिलिपि पनि लगेर गएको थियो । तर, अहिलेसम्म सम्बोधन हुन नसकेको इलाका प्रशासन पुनर्वासका प्रमुख मानप्रसाद भट्टले बताए । उनका अनुसार दुवैजनाको जिल्लादेखि केन्द्र तहसम्म कुरा पु¥याइसकेको भए पनि समस्या समाधान हुन सकेको छैन । नगर विकास समिति पुनर्वासका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले भारतीय पक्षले नेपालीको जमिन उपभोग गर्न नदिएको प्रति निकै आवाज उठाएको बताए । दक्षिणी क्षेत्रका जनताले सीमा क्षेत्रको समस्या समाधान र सीमा मिच्नबाट रोक्नका लागि एक गाविस एक सशस्त्र सीमा सुरक्षा क्याम्प राख्नुपर्ने माग गरे पनि स्थानीयवासीको माग सरकारले नसुन्दा यस्तो समस्या देखापरेको स्थानीयवासीको गुनासो छ । यस बारेमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले दुवै नेपाली नागरिकको लालपुर्जा भए उपभोग गर्न पाउनुपर्ने बताए । यसबारेमा कञ्चनपुरका राजनीतिक दलहरुले समेत पहल गरिदिनुपर्ने पीडितहरुको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending