Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

भूकम्पले थलिएको बारपाकमा बढ्यो चहल पहल, पीडितले राहतको अनुभुति गर्दै

\"barpak-Gorkha\"गोरखा । गत वैशाख १२ गते गएको भूकम्पको केन्द्रबिन्दू बारपाक हेर्न आन्तरिक तथा विदेशी अवलोकनकर्ता बढेसँगै होटलको संख््या पनि बढेको छ ।

भूकम्पअघि दुई ओटा होटल सञ्चालनमा रहेकोमा भूकम्पपछि सात ओटा थपिएका छन् । बाँस, काठ, छड र जस्तापाताको प्रयोग गरेर नयाँ होटल, रेष्टुराँ तथा लजहरु खुल्न थालेका हुन् ।

बारपाकको बसपार्क आसपासमा होटलहरु खुलेका छन् । बाँसको प्रयोगले होटल आकर्षक बनाइएका छन् । अधिकांश होटल एक तले छन् । ‘टहरो मै होटल चलाए’ बारपाक–४ का होटल व्यवसायी सुकराम गुरुङ्गले भने– ‘होटल खोल्दा रु तीन लाख ऋण लागेको छ ।’ रु एक लाखदेखि रु चार लाखसम्म लगानी गरेर व्यापारीले होटल खोलेका हुन् ।

बारपाकको जग्गा बैंकले धितो नराख्ने भएपछि आफन्तसँग ऋण लिएर उनीहरुले होटल सञ्चालन गरेका हुन् । भूकम्पपछि उद्धार, राहत र पुनःनिर्माणको चरणसम्म धेरै मानिसको आवतजावत हुने भएकाले होटलमा लगानी गरिएको गुरुङ्गले बताए ।

जिल्लाको लाप्राक, गुम्दा, लापुलगायत गाविसमा जाने विदेशी सङ्घसंस्थाका कर्मचारी एक रात बारपाकमा बास बसेर जान्छन् । जसले गर्दा होटल व्यवसायीलाई फाइदा भएको छ । होटल व्यवसायीले स्थानीय उत्पादनलाई जोड दिने बताएका छन् ।

स्थानीयस्तरमा पाइने आलु, सिमी, तोरीको साग व्यवसायीकरुपमा खेती गर्ने तयारीमा व्यवसायी छन् । बारपाक चिसो ठाउँ भएकाले खुर्सानी, प्याज, लसुनको उत्पादन धेरै हुँदैन । बारपाकमा खुलेका सबै होटलमा गरी एक रातमा ५० जनासम्म बसोबास गर्न मिल्छ ।

वैदेशीक रोजगारीमा गएर फर्केकाहरुले होटल व्यवसाय सञ्चालन गरेपछि स्थानीयले रोजगारी पाएका छन् । व्यवसायीको समेत जीवन निर्वाहमा सहज भएको छ । होटल नहुँदा यहाँ आउने पाहुना होमस्टेमा बस्दै आएका थिए । भूकम्पले होमस्टे भत्काएपछि टेण्ट, त्रिपालमुनि कष्टपूर्ण तवरले पाहुनाहरु बस्नुपरेको थियो ।

बारपाक नमूना पर्यटकीय गाउँ र भूकम्पको केन्द्रबिन्दू पनि भएकाले अवलोकनकर्ताको भीड लाग्ने होटल व्यवसायीहरुको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE