Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

आन्दोलनरत मोर्चाले भन्यो ‘आजको वार्ता सकारात्मक’

\"Bartaकाठमाडौं ।आन्दोलनरत मधेसी मोर्चाले आजको सरकारसँग भएको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएको छ । यसअघि पटक–पटक भएका वार्ता औचित्यहिन भनेको मोर्चाले आजको वार्तालाई सकारात्मक भनेको हो ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले आजको वार्तासकारात्मक भएको प्रतिक्रिया दिदै भने ‘अब हुने वार्तामा सहमतिमा पुग्न सकिनेमा आशाबादी छौ ।’

वार्तामा सरकारले आन्दोलनरत मधेसी मोर्चाको सबै माग पुरा गर्ने लिखित प्रतिबद्धता जनाउने भन्दै मोर्चालाई आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो ।

फोरम नेपालको पार्टी कार्यालय तिनकुनेमा आज सरकार र मधेसी संघीय समाजवादी भएको वार्तामा सरकारी वार्ता टोलीले मोर्चाले उठाएका सबै माग पुरा गर्न सकिने लिखित प्रतिबद्धता जनाउने प्रस्ताव गरेको हो ।

मुस्लिम गठबन्धनका संयोजक एवं मोर्चाका वार्ता टोली सदस्य समिम अन्सारीका अनुसार सरकारले अहिले मोर्चाले उठाएका सबै माग पुरा गर्ने लिखित प्रतिबद्धता जानउने, कांग्रेससहित मोर्चाका शीर्ष नेता बसेर त्यसलाई अन्तिम रुप दिने सरकारी वार्ता टोलीले प्रस्ताव गरेको छ ।

तर, मोर्चाले भने आफूहरु कुनै पनि उधारो सम्झौता नगर्ने भन्दै आन्दोलन स्थगित गर्ने प्रस्ताव अस्वीकार गरेको अन्सारीले नागरिकन्युजलाई बताए ।

सरकारी वार्ता टोलीका संयोजक कमल थापाले मधेसी मोर्चाले उठाएको सीमाकंनलगायतका विषयमा सकारात्मक छलफल भएको र त्यसलाई शीर्ष तहमा बसेर टुंग्याउने सहमति भएको बताए। उनले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी त्यसमा नेपाली काग्रेस, मधेसी मोर्चाका शीर्ष नेतालाई राखेर शीर्ष तहबाटै समस्याको समाधान गर्ने सहमति भएको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending