Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

उपराष्ट्रपति पासाङले सम्हाले कार्यभार, निवर्तमान उपराष्ट्रपति झालाई बुद्धमूर्ति दिएर विदाइ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले आइतबार पदभार ग्रहण गरेका छन् । उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर पासाङले पदभार ग्रहण गरेका हुन् ।

\"Nand-Bahadur-Pun,-Vice-Pres\"

त्यसअघि उनले राष्ट्रपति विद्या भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । पूर्वजनमुक्ति सेनाको प्रमुख कमाण्डर पासाङले सहिद र जनताको नाममा सपथ लिए ।

सपथग्रहण कार्यक्रममा पासाङ दौरा, सुरुवाल र भादगाउँले कालो टोपीमा सहभागी भएका थिए ।

सपथ लगत्तै निवर्तमान उपराष्ट्रपति परमानन्द झाले पुनलाई बधाइ दिँदै आफू बसिरहेको सोफा खाली गरिदिई हात हल्लाउँदै विदा भएका थिए । सपथपछि पुनले प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुखलगायतसँग औपचारिक परिचय गरेका थिए । पूर्व प्रधानमन्त्री, उप–प्रधानमन्त्री, प्रधान्यायाधीश, संबैधानिक निकायका प्रमुख, मन्त्री, सचिव, राजनीतिक दलका नेता तथा सांसदले उप–राष्ट्रपति पुनलाई बधाइ तथा शुभकामना दिएका थिए ।

निवर्तमान उपराष्ट्रपति झाको विदाइ

सपथग्रहणपछि अपरान्ह चार बजे बहादुर भवन पुगेर उपराष्ट्रपति पुनले कार्यालयको फाइलमा हस्ताक्षर गरी कार्यभार सम्हाले । त्यसलगत्तै निवर्तमान उपराष्ट्रपति झाको विदाई गरिएको थियो । सरकारले आयोजना गरेको विदाइ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान उपराष्ट्रपति झालाई बुद्धको मूर्ति उपहार दिएका थिए । यो सँगै झाको करिब सात बर्षको कार्यकाल विधिवत अन्त्य भएको छ ।

विदाइ समारोहमा पूर्वप्रधानमन्त्रीहरु, प्रधानन्यायाधीश, सरकारका मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

झाको विदाइ समारोहपछि उपराष्ट्रपति पासाङ कपनस्थित डेरामा फर्किएका छन् ।

पार्टीको जिम्मेवारीबाट अलग

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले एकीकृत नेकपा माओवादीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । उनी एमाओवादीको स्थायी समिति सदस्य थिए ।

शनिबार उपराष्ट्रपतिमा निर्वासचत भएका पुनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफू सम्बद्ध दलबाट राजीनामा दिएको जानकारी गराएका हुन् । ‘उपराष्ट्रपति पदको गरिमा र संविधानप्रदत्त दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न आफू सम्बद्ध राजनीतिक दल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको सबैमा जानकारी गराउँछु,’ विज्ञप्तिमा भनिएको छ ।

उनले आफूलाई उपराष्ट्रपतिमा निवार्चित गराउन सहयोग गरेकोमा एकीकृत माओवादीसहित सबै राजनीतिक दल, व्यवस्थापिका संसद् सदस्य, नेपाली जनता र सम्बद्ध सबैमा धन्यवादसमेत व्यक्त गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE