Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

उपराष्ट्रपति पासाङले सम्हाले कार्यभार, निवर्तमान उपराष्ट्रपति झालाई बुद्धमूर्ति दिएर विदाइ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले आइतबार पदभार ग्रहण गरेका छन् । उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर पासाङले पदभार ग्रहण गरेका हुन् ।

\"Nand-Bahadur-Pun,-Vice-Pres\"

त्यसअघि उनले राष्ट्रपति विद्या भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । पूर्वजनमुक्ति सेनाको प्रमुख कमाण्डर पासाङले सहिद र जनताको नाममा सपथ लिए ।

सपथग्रहण कार्यक्रममा पासाङ दौरा, सुरुवाल र भादगाउँले कालो टोपीमा सहभागी भएका थिए ।

सपथ लगत्तै निवर्तमान उपराष्ट्रपति परमानन्द झाले पुनलाई बधाइ दिँदै आफू बसिरहेको सोफा खाली गरिदिई हात हल्लाउँदै विदा भएका थिए । सपथपछि पुनले प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुखलगायतसँग औपचारिक परिचय गरेका थिए । पूर्व प्रधानमन्त्री, उप–प्रधानमन्त्री, प्रधान्यायाधीश, संबैधानिक निकायका प्रमुख, मन्त्री, सचिव, राजनीतिक दलका नेता तथा सांसदले उप–राष्ट्रपति पुनलाई बधाइ तथा शुभकामना दिएका थिए ।

निवर्तमान उपराष्ट्रपति झाको विदाइ

सपथग्रहणपछि अपरान्ह चार बजे बहादुर भवन पुगेर उपराष्ट्रपति पुनले कार्यालयको फाइलमा हस्ताक्षर गरी कार्यभार सम्हाले । त्यसलगत्तै निवर्तमान उपराष्ट्रपति झाको विदाई गरिएको थियो । सरकारले आयोजना गरेको विदाइ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान उपराष्ट्रपति झालाई बुद्धको मूर्ति उपहार दिएका थिए । यो सँगै झाको करिब सात बर्षको कार्यकाल विधिवत अन्त्य भएको छ ।

विदाइ समारोहमा पूर्वप्रधानमन्त्रीहरु, प्रधानन्यायाधीश, सरकारका मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

झाको विदाइ समारोहपछि उपराष्ट्रपति पासाङ कपनस्थित डेरामा फर्किएका छन् ।

पार्टीको जिम्मेवारीबाट अलग

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले एकीकृत नेकपा माओवादीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । उनी एमाओवादीको स्थायी समिति सदस्य थिए ।

शनिबार उपराष्ट्रपतिमा निर्वासचत भएका पुनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफू सम्बद्ध दलबाट राजीनामा दिएको जानकारी गराएका हुन् । ‘उपराष्ट्रपति पदको गरिमा र संविधानप्रदत्त दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न आफू सम्बद्ध राजनीतिक दल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको सबैमा जानकारी गराउँछु,’ विज्ञप्तिमा भनिएको छ ।

उनले आफूलाई उपराष्ट्रपतिमा निवार्चित गराउन सहयोग गरेकोमा एकीकृत माओवादीसहित सबै राजनीतिक दल, व्यवस्थापिका संसद् सदस्य, नेपाली जनता र सम्बद्ध सबैमा धन्यवादसमेत व्यक्त गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending