Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

नीजि सवारीले बिहीबारदेखि लटनम्बर अनुसार तेल पाउने

\"line1\"काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबारदेखि निजी सवारी साधनहरुलाई लटनम्बर अनुसार इन्धन वितरण गर्ने भएको छ । मोटरसाइकल, कार र जीपहरुलाई विहीबारदेखि तीन दिनसम्म इन्धन वितरण गर्न लागिएको हो ।

निगमका निर्देशक मुकुन्द घिमिरेका अनुसार बिहीबार १ देखि ३० लटसम्मका मोटरसाइकलहरुलाई बिहीबार, ३१ देखि ५० लटकालाई शुक्रबार र ५० भन्दा माथिका लटका मोटरसाइकलहरुलाई शनिबार ५ लिटरको दरले पेट्रोल बाँडिने छ ।

कार र जिपको हकमा पहिलो दिनमा १ देखि ५ लट, दोस्रो दिनमा ६ देखि ९ र तेस्रो दिनमा ९ देखि माथिकालाई वितरण गरिने छ । कार तथा जिपहरुले १५ लिटर इन्धन पाउने नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए ।

निजी सवारी साधनलाई इन्धन बाँड्ने दिनमा अरु सरकारी, संस्थान वा सार्बजनिक गाडीहरुलाई बाँडिने छैन ।

‘गृह, मन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय, सुरक्षा निकाय, निगम सहितको सोमबार भएको बैठकले निजी सवारी साधानमा लट अनुसार तीन दिन पेट्रोल वितरण गर्ने निर्णय भएको छ,’ निर्देशक घिमिरेले भने, ‘तीन दिन निजीलाई मात्रै वितरण गर्नेछौं । त्यो दिन अरु नम्बर प्लेटका गाडीले पाउने छैनन् ।’

कुन–कुन पेट्रोलपम्पबाट इन्धन वितरण गर्ने भन्ने जानकारी मंगलबार सार्बजनिक सूचना निकालेर दिइने घिमिरेले बताए ।

तीन दिनको अवधिमा ९ लाख लिटर पेट्रोल वितरण गर्ने निगमको योजना छ । बिहीबारदेखि शनिबारसम्म वितरण हुने इन्धन भारतीय आयल कर्पोरेसन (आईओसी)कै हो । चीनबाट अनुदानमा भित्रिने इन्धन युरो ४ को मापदण्ड अनुसार भएकाले ती इन्धन परीक्षणपछि मात्रै वितरण गरिने नेपाल आयल निगमले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy