Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कांग्रेस सभापति कोइरालाले भने– ‘रअ’को प्रस्ताव नमान्दा प्रधानमन्त्रीमा हारें

\"NCकाठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले ‘रअ’को प्रस्ताव नमानेकोले काग्रेसले महत्वपुर्ण पदहरुमा पराजय भोग्नुपरेको बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिदै कोइरालाले ‘रअ’को प्रस्तावमा उमेदवारी दिएको भनेर लागेको आरोपलाई खण्डन गर्दै ‘रअ’को प्रस्ताव मानेको भए आफू विजयी हुने बताए ।

कोइरालाले भने, ‘मैले चाहेको भए प्रधानमन्त्री, राष्ट्रपति सबै पद पाउने थिएँ, मलाई विभिन्न शक्तिकेन्द्रहरूले ठूला–ठूला आश्वासन दिएका थिए । व्यक्तिगत पद र लाभका लागि राष्ट्र, राष्ट्रियता र जनताका लागि मैले ती सबै प्रस्तावहरू अस्वीकार गरिदिएको छु । बरु म हार्छु । राष्ट्र र जनताप्रति कसैसँग सम्झौता गर्दिन ।’

प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएको र त्यो उम्मेदवारी भारतीय गुप्तचर संस्था ‘रअ’का कारण दर्ता गराएको भन्ने आरोपका विषयमा केन्द्रीय सदस्यहरूले प्रश्न राखेपछि जवाफमा सभापति कोइरालाले सबै आरोपहरूको खण्डन गरेका हन् ।

कोइरालाले आफूसँग कुनै सदस्यको असन्तुष्टि रहे बैठकमा भन्न समेत आग्रह गरे । तर, मिडिया र फेसबुकमा जथाभावी लेखेर पार्टीभित्रको आन्तरिक कुरा सार्वजनिक नगर्न कोइरालाले निर्देशन पनि दिए ।

बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति कोइरालाले आफूसँग गरेका कतिपय सहमति उल्लंघन गरेको भन्दै असन्तुष्टि जनाए । उनले आउँदा दिनमा कोइरालासँग अब एक्लै कुनै पनि सहमति नगर्ने बताए ।

उपसभापति रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्री उम्मेदवार बन्नबाट रोक्नका लागि सभापति कोइराला र वरिष्ठ नेता देउवाले चलखेल गरेका कारण पार्टी पराजय भएको आरोप लगाए ।

कांग्रेस केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले प्रधानमन्त्री निर्वाचनमा कोइरालाले उम्मेदवारी दिएर ठूलो गल्ती गरेको भन्दै बामपन्थीहरूको समर्थन गरे । खड्काले एमाले र एमाओवादीसँग भएको भद्र सहमतिलाई कांग्रेसले तोड्नु भुल भएको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE