Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नाकाबन्दीबारे कमल थापाले जेनेभा पुगेर के बोले ?

[caption id=\"attachment_44466\" align=\"alignleft\" width=\"800\"]\"Deputy Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa addresses 7th International General Assembly and the Global Conference of the Non-Resident Nepali Association (NRNA), in Kathmandu, on Friday, October 16, 2015. Photo: RSS[/caption] काठमाडाैं । जेनेभामा नेपलको मानवअधिकारको अवस्थाको विषयमा बोल्दै उनले सिमा नाकामा भएको अवरोधले गर्दा अत्यावस्यक उपभोग्य सामाग्रीको अभाव भएर नेपालमा ठुलो मानविय संकट उत्पन्न भएको धारणा राखेका थिए । उनले आफ्नो संबोधनको क्रममा भारतको नाम उल्लेख नगरिकन आफ्नो देश भित्रको समस्या वाह्य हस्तक्षेपले नसुल्झने बताएका थिए । उनले भने ‘जुनसुकै बहानामा भएपनि सिमाक्षेत्रमा भइरहेको अवरोधले भूपरिवेष्ठित मुलुको रुपमा अन्तरष्ट्रिय कानुनले दिएको अधिकार उपयोग गर्नवाट गम्भीर रुपले असर गरेको छ । ’ उनले नेपाल भित्रको समस्याको समाधान गर्न नेपाल आफै सक्षम रहेको कुरा आफ्नो संबोधनको क्रममा बताएका थिए । उनले भने ‘ नेपालको अन्तरिक समस्या शान्तिपुर्र्ण ढंगबाट समाधान गर्न हामी आफै सक्षम छौ , यो आन्तरिक मामलामा कुनै पनि माध्यमबाट हुने हस्तक्षेप स्विकार्य छैन । ’ उनले वार्ता र संवादबाटै हामीले देशभित्रको समस्या हल गर्न प्रयत्नरत रहेको बेला सिमा नाकामा गरिएको अवरोधले भुपरिवेष्ठित राष्ट्रको रुपमा नेपालले उपभोग गर्न पाउने अन्तराष्ट्रिय रुपमा प्रप्त अधिकार र स्वतान्त्रताको गंभिर रुपमा हनन भएको बताए । त्यस्तै उनले नेपालको संविधान प्रजातान्त्रिक र गतिशिल संविधान भएकाले जनताको माग र चाहना अनुसार संशोधन गरेर अघि बढ्न सक्ने बताएका थिए ।   भारतले एमाओवादीलाई निशाना बनायो त्यस्तै भारतले स्विजरल्याण्डको जेनेभामा नेपालको  द्धन्दकालिन विषयलाई मानवअधिकारको विषयसँग जोडेर प्रश्न उठाएको छ । मानवअधिकार सम्बन्धि छलफलमा भारतले पहिलो पटक नेपालका माओवादीलाई लक्षित गरेर द्धन्दकालिन घटनाको विषय उठाएको हो । भारतले नेपालमा नयाँ संविधान जारी भएपछि ४५ जनाको मृत्यु  भएको दावी  गरेको छ । साथै उसले सिमा आवरोध हुनको कारण भारत नभै नेपालको आन्दोलनकारीहरुले गर्दा भएको बताएको छ । भारतीय वक्तव्यमा माओवादीको नाम उल्लेख नगरिकन  द्वन्द्वकालीन घटनाको छानविनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको चर्चा गरिएको छ । भारतले नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोग प्रभावकारी हुनुपर्ने र हिंसात्मक घटनाका जिम्मेवार व्यक्तिलाई कानूनी कठघरामा उभ्याउने सिफारिस कार्यान्वयन सुनिश्चित हुनुपर्ने बताइएको छ । नेपालको माओवादी आन्दोलनबारे लामो समयसम्म मौन बसेको भारतले अहिले आएर त्यो विषय उठाउनुको उद्देश्य नयाँ संविधान घोषणा र ओली सरकार गठनमा निर्णायक भूमिका खेलेको एमाओवादी नेतृत्वलाई दबाव दिनु रहेको धेरैको विष्लेषण रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy