Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

नाकाबन्दीबारे कमल थापाले जेनेभा पुगेर के बोले ?

[caption id=\"attachment_44466\" align=\"alignleft\" width=\"800\"]\"Deputy Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa addresses 7th International General Assembly and the Global Conference of the Non-Resident Nepali Association (NRNA), in Kathmandu, on Friday, October 16, 2015. Photo: RSS[/caption] काठमाडाैं । जेनेभामा नेपलको मानवअधिकारको अवस्थाको विषयमा बोल्दै उनले सिमा नाकामा भएको अवरोधले गर्दा अत्यावस्यक उपभोग्य सामाग्रीको अभाव भएर नेपालमा ठुलो मानविय संकट उत्पन्न भएको धारणा राखेका थिए । उनले आफ्नो संबोधनको क्रममा भारतको नाम उल्लेख नगरिकन आफ्नो देश भित्रको समस्या वाह्य हस्तक्षेपले नसुल्झने बताएका थिए । उनले भने ‘जुनसुकै बहानामा भएपनि सिमाक्षेत्रमा भइरहेको अवरोधले भूपरिवेष्ठित मुलुको रुपमा अन्तरष्ट्रिय कानुनले दिएको अधिकार उपयोग गर्नवाट गम्भीर रुपले असर गरेको छ । ’ उनले नेपाल भित्रको समस्याको समाधान गर्न नेपाल आफै सक्षम रहेको कुरा आफ्नो संबोधनको क्रममा बताएका थिए । उनले भने ‘ नेपालको अन्तरिक समस्या शान्तिपुर्र्ण ढंगबाट समाधान गर्न हामी आफै सक्षम छौ , यो आन्तरिक मामलामा कुनै पनि माध्यमबाट हुने हस्तक्षेप स्विकार्य छैन । ’ उनले वार्ता र संवादबाटै हामीले देशभित्रको समस्या हल गर्न प्रयत्नरत रहेको बेला सिमा नाकामा गरिएको अवरोधले भुपरिवेष्ठित राष्ट्रको रुपमा नेपालले उपभोग गर्न पाउने अन्तराष्ट्रिय रुपमा प्रप्त अधिकार र स्वतान्त्रताको गंभिर रुपमा हनन भएको बताए । त्यस्तै उनले नेपालको संविधान प्रजातान्त्रिक र गतिशिल संविधान भएकाले जनताको माग र चाहना अनुसार संशोधन गरेर अघि बढ्न सक्ने बताएका थिए ।   भारतले एमाओवादीलाई निशाना बनायो त्यस्तै भारतले स्विजरल्याण्डको जेनेभामा नेपालको  द्धन्दकालिन विषयलाई मानवअधिकारको विषयसँग जोडेर प्रश्न उठाएको छ । मानवअधिकार सम्बन्धि छलफलमा भारतले पहिलो पटक नेपालका माओवादीलाई लक्षित गरेर द्धन्दकालिन घटनाको विषय उठाएको हो । भारतले नेपालमा नयाँ संविधान जारी भएपछि ४५ जनाको मृत्यु  भएको दावी  गरेको छ । साथै उसले सिमा आवरोध हुनको कारण भारत नभै नेपालको आन्दोलनकारीहरुले गर्दा भएको बताएको छ । भारतीय वक्तव्यमा माओवादीको नाम उल्लेख नगरिकन  द्वन्द्वकालीन घटनाको छानविनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको चर्चा गरिएको छ । भारतले नेपालमा सत्य निरुपण तथा मेलमिलाप आयोग प्रभावकारी हुनुपर्ने र हिंसात्मक घटनाका जिम्मेवार व्यक्तिलाई कानूनी कठघरामा उभ्याउने सिफारिस कार्यान्वयन सुनिश्चित हुनुपर्ने बताइएको छ । नेपालको माओवादी आन्दोलनबारे लामो समयसम्म मौन बसेको भारतले अहिले आएर त्यो विषय उठाउनुको उद्देश्य नयाँ संविधान घोषणा र ओली सरकार गठनमा निर्णायक भूमिका खेलेको एमाओवादी नेतृत्वलाई दबाव दिनु रहेको धेरैको विष्लेषण रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending